close

२ घण्टापछि चल्न थाले सरकारी वेबसाइट

टेकपाना टेकपाना

माघ १४, २०७९ १६:२२

२ घण्टापछि चल्न थाले सरकारी वेबसाइट

काठमाडौं । सिंहदरबारस्थित सरकारी एकीकृत डाटा केन्द्र (जीआईडीसी) को सर्भरमा देखिएको समस्या दुई घण्टापछि समाधान भएको छ ।

शनिबार दिउँदो २ बजेदेखि जीआईडीसीको सर्भरमा समस्या आउँदा त्यहाँ होस्ट भएका सम्पूर्ण वेबसाइट र अनलाइन एप्लिकेसन डाउन भएका थिए ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका सूचना अधिकारी रमेश पोखरेलले फायरवेलमा प्राविधिक समस्या देखिएको बताउँदै सेवा पुनः सञ्चालनमा आएको जानकारी दिए । 

पछिल्लो अध्यावधिक: माघ १४, २०७९ १६:२९