close

भिभो वाई सिरिजको नयाँ स्मार्टफोन सार्वजनिक

टेकपाना टेकपाना

माघ १५, २०७९ १४:५७

भिभो वाई सिरिजको नयाँ स्मार्टफोन सार्वजनिक

काठमाडौं । चिनियाँ स्मार्टफोन ब्राण्ड भिभोको नयाँ स्मार्टफोन सार्वजनिक भएको छ । कम्पनीले वाई सिरिज अन्तर्गत नयाँ मोडल ‘वाई ०२’ सार्वजनिक गरेको हो । 

युवा पुस्तालाई लक्षित गर्दै कम्पनीले सस्तो मूल्यमा नयाँ प्रविधि र विशेषता सहितको यो फोन नेपाली प्रयोगकर्तामाझ उपलब्ध गराएको हो ।

५००० एमएएच क्षमताको ब्याट्री युक्त फोनमा २ जीबी र्‍याम र ३२ जीबी स्टोरेज रहेको छ । आकर्षक डिजाइनयुक्त वाई ०२ मा ६.५१ इन्चको एजडी प्लस डिस्प्ले रहेको छ । फोनमा आखाँको सुरक्षाका  लागि ‘आई प्रोटेक्शन मोड’ पनि रहेको छ ।

‘‘युवा उपभोक्ताहरूलाई लक्षित गरी वाई सिरिजले बजारमा आफूलाई सबैभन्दा लोकप्रिय स्मार्टफोन सिरिजहरू मध्ये एकको रूपमा स्थापित गरेको छ,’’ भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत माईकलले भने, ‘वाई सिरिज युवा ग्राहकहरुका लागि लक्षित गरिएको छ । यसको विशाल ५००० एमएएच ब्याट्री, २ जीबी र्‍याम र ३२ जीबी स्टोरेज क्षमताले व्यस्त विजनशैलीमा समेत सहयोग पुर्‍याउने छ ।’’

वाई ०२ मा ८ मेगापिक्सेलको मुख्य क्यामेरा तथा ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ । यसमा फेस ब्यूटी र टाइम–ल्याप्स जस्ता सुविधाहरू रहेका छन् । कस्मिक ग्रे र अर्किड ब्लू गरी दुई फरक कलर भेरियन्टमा उपलब्ध यो फोनको मूल्य १२ हजार ४९९ रुपैयाँ तोकिएको छ  । 


 

पछिल्लो अध्यावधिक: माघ १५, २०७९ १४:५७