close

मासिक नेपाल भित्रिन्छ १३४२ जीबीपीएस इन्टरनेट ब्यान्डविथ, कुन सेवाप्रदायकको कति ?

टेकपाना टेकपाना

माघ १५, २०७९ १५:३७

मासिक नेपाल भित्रिन्छ १३४२ जीबीपीएस इन्टरनेट ब्यान्डविथ, कुन सेवाप्रदायकको कति ?

काठमाडौँ । मासिक रूपमा १३४२ जीबीपीएस इन्टरनेट ब्यान्डविथ (अन्तर्राष्ट्रिय) नेपाल भित्रिने गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार विभिन्न १० कम्पनीहरूले अन्तर्राष्ट्रिय ब्यान्डविथ आयात गर्दै आएका छन् ।

त्यसमध्ये सबैभन्दा बढी अन्तर्राष्ट्रिय ब्यान्डविथ वर्ल्डलिङ्कले ४०० जीबीपीएस ल्याउने गरेको छ । त्यसपछि क्रमशः नेपाल डिजिटल सर्भिसले २०० जीबीपीएस, सुबिसुले १८० जीबीपीएस, नेपाल टेलिकमले १७५ जीबीपीएस, एनसेलले १४० जीबीपीएस र भायनेटले १३० जीबीपीएस ब्यान्डविथ भित्र्याउने गरेका छन् ।

अन्य कम्पनीहरूमा क्लासिक टेकले ६० जीबीपीएस, डिशमिडियाले ४० जीबीपीएस, सीजी कम्युनिकेसनलाई १५ जीबीपीएस र मर्कन्टाइल कम्युनिकेसनले दुई जीबीपीएस अन्तर्राष्ट्रिय ब्यान्डविथ नेपाल आयात गर्दै आएका छन् ।

वर्ल्डलिङ्कले इन्टरप्ट्सबाट इन्टरनेट ब्यान्डविथ खरिद गर्दै आएको छ भने अन्य कम्पनीहरूले भारती एयरटेल, टाटाबाट ब्यान्डविथ लिने गरेका छन् । ​चाइना टेलिकमबाट ब्यान्डविथ खरिद गर्नेमा मर्कन्टाइल र नेपाल टेलिकम मात्र छन् । 

पछिल्लो अध्यावधिक: माघ १५, २०७९ १७:३