close

ई-सेवा मनी ट्रान्सफरको ब्राण्ड हिरोमा दयाहाङ राइ नियुक्त

टेकपाना टेकपाना

माघ १६, २०७९ ८:१३

ई-सेवा मनी ट्रान्सफरको ब्राण्ड हिरोमा दयाहाङ राइ नियुक्त

काठमाडौं । डिजिटल रेमिट्यान्स् कम्पनी ई-सेवा मनी ट्रान्सफरले कलाकार दयाहाङ राइलाई ब्राण्ड हिरोको रुपमा नियुक्त गरेको छ ।

यसअघि नायक राजेश हमाल पनि कम्पनीको ब्राण्ड एम्बेसेडरका रुपमा ई-सेवा मनी ट्रान्सफरमा आबद्ध रहेका छन् ।

राई ई-सेवा मनी ट्रान्सफरका यूएई लगायत संसारका अन्य मुलुकमा रहेका साझेदारहरुसँग मिलेर सम्पन्न हुने विभिन्न ‘मेरो डिजिटल देश’ अभियानका विभिन्न किसिमका प्रचार–प्रसार मूलक कार्यक्रममा सक्रिय रुपमा सहभागी हुने कम्पनीले जनाएको छ ।

कार्यक्रममा बोल्दै कलाकार राइले भने, ‘‘ई-सेवा मनी ट्रान्सफर जस्तो छोटो समयमा प्रगति हासिल गर्न सफल रेमिट्यान्स कम्पनीसँग आबद्ध हुन पाउँदा म एकदमै खुशी छु । विदेश गएर काम गर्दै आउनुभएका दाजुभाई–दिदीबहिनीसँग भेट्न पनि म आतुर छु, यसले मलाई एक नेपालीको रुपमा वैधानिक माध्यमबाट मुलुकमा रेमिट्यान्स भित्राएर देशको अर्थतन्त्रलाई उजागर गर्न थप जिम्मेवारी बोध गराएको छ ।’’

यसैगरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले दयाहाङ राइको नेपालमा मात्र नभएर यूएई र सारा संसार भरि नै फ्यान फलोइङ एकदमै राम्रो रहेको कारण उनलाई कम्पनीको ब्राण्ड हिरो एम्बेसेडरको रुपमा आबद्ध गर्न पाउँदा सम्पूर्ण ई-सेवा मनी ट्रान्सफर टोली एकदमै हर्षित रहेको बताए ।


 

पछिल्लो अध्यावधिक: माघ १६, २०७९ ८:१३