close

नेपालबाट यसरी निःशुल्क हेर्नुहोस् बीबीसीले नरेन्द्र मोदीबारे तयार पारेको डकुमेन्ट्री

टेकपाना टेकपाना

माघ १६, २०७९ १३:०

नेपालबाट यसरी निःशुल्क हेर्नुहोस् बीबीसीले नरेन्द्र मोदीबारे तयार पारेको डकुमेन्ट्री

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबारे बीबीसीले तयार पारेको डकुमेन्ट्री (वृत्तचित्र)ले अहिले चर्चा पाएको छ । ‘इन्डिया: द मोदी काेइसन’ निष्पक्ष नरहेको र त्यो प्रोपागान्डाको रूपमा आएको भन्दै विवादित बनेको थियो । यस डकुमेन्ट्रीको पहिलो भाग जनवरी १७ मा बेलायतमा प्रसारण गरिएको थियो । साथै त्यसको दोस्रो भाग जनवरी २४ मा सार्वजनिक भएको छ ।

गत आइतबार भारतको सूचना र प्रसारण मन्त्रालयले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि तयार पारेको उक्त डकुमेन्ट्रीको पहिलो एपिसोडलाई युट्युब र ट्वीटरमा ब्लक गर्न आदेश दिइएको थियो । त्यसपछि उक्त डकुमेन्ट्री थप विवादित र चर्चित बनेको छ ।

सामाजिक सञ्जालमा ‘इन्डिया: द मोदी क्वेसन’ नामको उक्त डकुमेन्ट्री ब्लक भएपछि अहिले बीबीसी आईप्लेयरबाट मात्र हेर्न सकिन्छ । तर, आज हामी तपाईँलाई त्यस्तो लिङ्क उपलब्ध गराउँदै छौँ, जसका माध्यमबाट बिना कुनै भीपीएन सो डकुमेन्ट्रीको पहिलो भाग हेर्न सक्नुहुन्छ ।

इन्डिया: द मोदी काेइसन पहिलो भाग हेर्न यहाँ क्लिक हेर्नुहोस् । यस डकुमेन्ट्रीको दोस्रो भाग भने आर्काइभ वेबसाइटबाट हटाइसकेको छ ।

पछिल्लो अध्यावधिक: माघ १६, २०७९ १३:४०