close

यसरी बनाउनुहोस् पावरपोइन्ट प्रस्तुतिलाई भिडिओ

टेकपाना टेकपाना

माघ १७, २०७९ ९:६

यसरी बनाउनुहोस् पावरपोइन्ट प्रस्तुतिलाई भिडिओ

काठमाडौँ । आफूले जानेका विषयवस्तुबारे प्रस्तुति दिनुपर्‍यो भने हामी माइक्रोसफ्ट पावरपोइन्ट बनाउने गर्छौँ । पावरपोइन्टमा बनाइएका आकर्षक स्लाइडले हाम्रो प्रस्तुतिलाई रोचक बनाइदिन्छ । पावरपोइन्टमा प्रस्तुति दिन सहज पनि हुन्छ ।

कहिलेकाही आफ्नो सो प्रस्तुतीलाई फोटो वा भिडिओको माध्यमबाट सामाजिक सञ्जालमा शेयर गर्दा अझ प्रभावकारी पनि हुनसक्छ । आज हामी माइक्रोसफ्ट पावरपोइन्टलाई कसरी भिडिओमा परिणत गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिँदैछौँ ।

-   सबैभन्दा पहिले यहाँ क्लिक गर्नुहोस् ।

-   त्यसपछि 'ड्रप फाइल्स हियर' भन्दा तल रहेको ‘चुज फाइल’ को बटनमा क्लिक गर्नुहोस् ।

-   अनि आफूले भिडिओमा परिणत गर्न चाहेको पावरपोइन्ट फाइल छान्नुहोस् ।

-   त्यसपछि आफ्नो आवश्यकता अनुसार भिडिओको गुणस्तर, फ्रेम आदि छान्नुहोस् ।

-   र, अन्तिममा स्टार्टको अप्सन छान्नुहोस् ।

-   यति गरेपछि फाइल भिडिओमा रूपान्तरण हुन थाल्छ । प्रेजेन्टेसनको गुणस्तर अनुसार त्यसमा समय लाग्छ ।

- अनि, डाउनलोडको बटनमा क्लिक गरेर भिडिओ डाउनलोड गर्नुहोस् । 

-  त्यसपछि भिडिओ डाउनलोड गरेर आफ्नो आवश्यकता अनुसार प्रयोग गर्न सक्नुहुन्छ  ।  

यस्ता भिडिओमा अडियो राखेर युट्युब, फेसबुक तथा आफ्नो वेबसाइटमा राख्न सकिन्छ ।

 

 

पछिल्लो अध्यावधिक: माघ १७, २०७९ १२:३८