close

नेपालमा सबैभन्दा धेरै प्रयोग हुन्छ सामसङ फोन, अरु ब्राण्डको स्थान कति ?

टेकपाना टेकपाना

माघ १७, २०७९ १८:४२

नेपालमा सबैभन्दा धेरै प्रयोग हुन्छ सामसङ फोन, अरु ब्राण्डको स्थान कति ?

काठमाडौं । दूरसञ्चार सेवाप्रदायक कम्पनीहरूको सिस्टममा देखिएको तथ्याङ्कअनुसार नेपालमा सबैभन्दा बढी सामसङ ब्रान्डका फोन प्रयोग गर्ने गरेको पाइएको छ ।

दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले हालै जारी गरेको प्रतिवेदनअनुसार नेपालमा प्रयोगको हिसाबले सामसङ सबैभन्दा अघि रहेको पाइएको हो । प्राधिकरणले सेवा प्रदायकको नेटवर्कमा पहिचान भएको तथ्याङ्कका आधारमा यो प्रतिवेदन तयार पारेको हो ।

प्रतिवेदन अनुसार नेपालमा कुल ५२ ब्राण्डका मोबाइल सेट प्रयोगमा रहेको पाइएको छ । त्यसमध्ये एनसेलको नेटवर्कमा ५१ र नेपाल टेलिकमको नेटवर्कमा ५२ ओटा देखिएको छ ।

प्रतिवेदन अनुसार अध्ययनको क्रममा एनसेलको नेटवर्कमा कुल एक करोड ७० लाख ३९ हजार ३५ ओटा मोबाइल सेट पहिचान भएको थियो । भने, नेपाल टेलिकमको सिस्टममा एक करोड ५७ लाख ८४ हजार ७२३ ओटा मोबाइल सेट पहिचान भएको छ ।

त्यसमध्ये सबैभन्दा बढी सामसङका सेट प्रयोगमा भएको प्रतिवेदनमा उल्लेख छ । सामसङका सेट एनसेल र नेपाल टेलिकम दुवैको नेटवर्कमा सबैभन्दा बढी प्रयोग भएको देखिन्छ । भने दोस्रो नम्बरमा साओमी ब्राण्डका फोन प्रयोग भएको देखिएको छ ।

यो सूचीको तेस्रो स्थानमा ओप्पो र चौंथो नम्बरमा भिभो रहेका छन् । त्यस्तै आईटेल, लाभा, नोकिया क्रमशः पाँचौँ, छैटौँ र सातौँ नम्बरमा रहेका छन् ।

प्रतिवदेन अनुसार आठौं नम्बरमा एनसेलको नेटवर्कमा रियलमी रहेको छ भने नेपाल टेलिकमको नेटवर्कमा एप्पल रहेको छ । त्यस्तै नवाैँ नम्बरमा एनसेलतर्फ कलर्स र नेपाल टेलिकमतर्फ रियलमी रहेको छ । दशौँ स्थानमा एसनेलको नेटवर्कमा ह्वावे हुँदा नेपाल टेलिकमको सूचीमा कलर्स रहेको छ ।

पछिल्लो अध्यावधिक: माघ १७, २०७९ २१:३७