close

नेपालमा प्रयोग हुने कुल मोबाइलमध्ये २८ प्रतिशत बारफोन

टेकपाना टेकपाना

माघ १७, २०७९ २१:१८

नेपालमा प्रयोग हुने कुल मोबाइलमध्ये २८ प्रतिशत बारफोन

काठमाडौं । नेपालमा प्रयोग हुने कुल फोनमध्ये २८ प्रतिशत बारफोन रहेको पाइएको छ । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणकाे एक प्रतिवेदनअनुसार दूरसञ्चार सेवाप्रदायक कम्पनीहरूको सिस्टममा देखिएका कुल मोबाइलमध्ये २८.१५ प्रतिशत बारफोन रहेको पाइएको हो ।

प्राधिकरणले सेवाप्रदायकको नेटवर्कमा पहिचान भएको तथ्याङ्कका आधारमा यो प्रतिवेदन तयार पारेको हो । प्रतिवेदनअनुसार नेपालमा कुल ५२ ब्राण्ड/मोडेलका मोबाइल सेट प्रयोगमा रहेको पाइयाे ।

त्यसमध्ये एनसेल नेटवर्कमा ५१ र नेपाल टेलिकम नेटवर्कमा ५२ ओटा माेबाइल देखिएको छ । प्रतिवेदनअनुसार अध्ययनको क्रममा एनसेलको नेटवर्कमा कुल एक करोड ७० लाख ३९ हजार ३५ ओटा मोबाइल सेट र नेपाल टेलिकमको सिस्टममा एक करोड ५७ लाख ८४ हजार ७२३ ओटा मोबाइल सेट पहिचान भएको थियाे ।

यसमध्ये एनसेलको नेटवर्कमा २८.३१ प्रतिशत बारफोन र नेपाल टेलिकमको नेटवर्कमा २८ प्रतिशत बारफोन रहेको पाइयाे ।

स्मार्टफोनतर्फ एनसेलको नेटवर्कमा ६९.७३ र नेपाल टेलिकमतर्फ ६६ प्रतिशत रहेको छ । त्यस्तै स्मार्ट टेलिकमको नेटवर्ककमा एक लाख ६३ हजार ९९२ बारफोन र दुई लाख ९५ हजार १८० स्मार्टफोन सक्रिय रहेको देखिएको छ ।

पछिल्लो अध्यावधिक: माघ २०, २०७९ १७:५१