close

डेढसय बढी मोडलका मोबाइल प्रयोग गर्छन् नेपाली

टेकपाना टेकपाना

माघ १८, २०७९ ८:९

डेढसय बढी मोडलका मोबाइल प्रयोग गर्छन् नेपाली

काठमाडौँ । चार महिनाको अवधिमा नेपालमा १६९ मोडलका मोबाइल भित्रिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको चौमासिक रिपोर्ट अनुसार यस वर्ष साउनदेखि कार्तिकसम्ममा १६९ मोडलका मोबाइल, ११९ मोडलका शर्ट रेन्ज डिभाइस, ९ मोडलका ट्यब्लेट, र २१ मोडेलका जीएसएम डिभाइसले टाइप अप्रुभल लिएका छन् ।

नेपालमा हाल चीन, भारत, भियतनाम लगायतका मुलुकबाट मोबाइल सेट आयात हुने गरेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/०७९ मा ३८ अर्ब रुपैयाँभन्दा बढीका ५५ लाख ८६ हजार ५७८ थान मोबाइल नेपाल आयात भएका छन् ।

दूरसञ्चार प्राधिकरणले सन् २००८ देखि उपकरण आयात गर्दा टाइप अप्रुभल लिनुपर्ने प्रावधान लागू गरेको थियो भने सन् २०११ देखि यसलाई अनिवार्य गरिएको छ । यसमा मोबाइल सेटसहित रेडियो उपकरण, वाई-फाई, ट्याब्लेट, ब्लुटुथ डिभाइस, शर्ट रेन्ज लगायतका डिभाइसले टाइप अप्रुभल लिनुपर्ने व्यवस्था छ ।

टाइप अप्रुभल लिँदा आयातकर्ताले कुनै पनि मोडलको उत्पादकको प्रमाणपत्र, वारेन्टी, ग्यारेन्टी पत्र, कस्टमर केयर सेन्टरको रिपोर्टलगायत विवरण प्राधिकरणमा पेस गर्नुपर्छ । सुरुवाती चरणमा यो सबै कागजी प्रक्रियामा आधारित भएपनि पछिल्लो केही वर्षदेखि भने प्राधिकरणले यसलाई अनलाइन आधारित बनाएको छ ।

टाइप अप्रुभल लिँदा ६ महिना (प्रोभिजनल) र पाँच वर्षको ( पेरियोडिक पर्मानेन्ट) गरी दुई फरक आधार तय गरिएको छ । यसको अर्थ यदि ६ महिनाका लागि लिइएको छ भने उक्त मोडलको उत्पादन ६ महिनापछि फेरि ल्याउनु परे पुनः प्राधिकरणबाट स्वीकृति लिनुपर्ने हुन्छ ।

पेरियोडिक पर्मानेन्ट भएको खण्डमा एकपटक स्वीकृति लिएपश्चात् पुनः स्वीकृति लिनुपर्दैन । सोहीअनुरूप यो वर्ष साउनदेखि कार्तिकसम्म कुल ४९९ डिभाइसले मोबाइलले टाइप अप्रुभल लिएका छन् ।

त्यसमध्ये २१२ डिभाइसले प्रोभिजनल टाइप अप्रुभल लिएका छन् । भने, १०६ मोडलका डिभाइसले पर्मानेन्ट टाइप अप्रुभल लिएका छन् ।

शर्ट रेन्ज डिभाइसतर्फ कुल ११९ मोडलले टाइप अप्रुभल लिएकोका छन् । शर्ट रेन्ज डिभाइसमा ब्लुटुथ र वाई-फाईबाट कनेक्ट हुने डिभाइस पर्दछन् । यीमध्ये ९५ ओटा  शर्ट रेन्ज डिभाइसले प्रोभिजनल र २४ ओटा शर्ट रेन्ज डिभाइसले प्रोभिजनल टाइप अप्रुभल लिएका छन् । 

त्यस्तै ट्याब्लेटतर्फ यो अवधिमा कुल ९ ओटा मोडल भित्रिएका छन् । त्यसमध्ये ७ ओटाले पर्मानेन्ट टाइप अप्रुभल र २ ओटाले प्रोभिजनल टाइप अप्रुभल लिएको तथ्याङ्कमा उल्लेख छ । साथै २१ ओटा ममोडेलका जीएसएम डिभाइसले टाइप अप्रुभल लिएका छन् । जसमा १९ ओटा मोडलले प्रोभिजनल अप्रुभल लिएका छन् भने २ ओटा मोडलले पर्मानेन्ट अप्रुभल लिएका छन् । 


 

पछिल्लो अध्यावधिक: माघ १८, २०७९ ८:१४