close

स्मार्टफोन र ल्यापटपको माग घट्दा सामसङको नाफामा ६९ प्रतिशत गिरावट

टेकपाना टेकपाना

माघ १८, २०७९ ९:२६

स्मार्टफोन र ल्यापटपको माग घट्दा सामसङको नाफामा ६९ प्रतिशत गिरावट

काठमाडौँ । बजारमा स्मार्टफोन र ल्यापटपको माग घट्दा सामसङको नाफामा गिरावट आएको छ । यो घाटा पछिल्लो आठ वर्षयता कै सबैभन्दा धेरै घाटा भएको सीएनएनले उल्लेख गरेको छ । 

सीएनएनले प्रकाशित गरेको एक लेखका अनुसार सामसङले गत डिसेम्बरमा आफ्नो तीन महिनाको नाफाको रिपोर्ट सार्वजनिक गरेको थियो । 

उक्त रिपोर्टका अनुसार सन् २०२२ को अक्टोबर, नोभेम्बर र डिसेम्बर महिनामा कम्पनीले साढे तीन अर्ब डलर नाफा कमाएको थियो । सो नाफा अघिल्लो वर्षको सोही समयको नाफा रकम भन्दा ६९ प्रतिशतले कम हो । 

त्यस्तै उक्त समयमा कम्पनीको आम्दानी पनि ८ प्रतिशतले घटेर ५७ अर्ब को हाराहारीमा पुगेको छ । सन् २०१४ को तेस्रो त्रैमासिकपछि कम्पनीले सबैभन्दा बढी घाटा सन् २०२२ मा को चौथो त्रैमासिकमा व्यहोरेको हो ।

बजारमा हाल मोबाइल र ल्यापटपको माग घटेका कारण कम्पनीको पनि आम्दानी र नाफा घटेको सामसङको भनाइ छ ।  

पछिल्लो अध्यावधिक: माघ १८, २०७९ ९:२६