close

मोबाइल चोरीमा संलग्न थप एक जना पक्राउ

टेकपाना टेकपाना

फागुन ५, २०७९ १८:४१

मोबाइल चोरीमा संलग्न थप एक जना पक्राउ

काठमाडौं । सोमबार गोङ्गबु नयाँबसपार्कस्थित ल्होत्से मलका मोबाइल पसल तोडफोड गरी लुटपाट गरेको आरोपमा थप एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटका २९ वर्षीय सरोज पौडेल रहेका छन् ।

अर्जुन चालिसेले सञ्चालन गरेको एसीडीसी मोबाइल प्रालि र डायमण्ड मोबाइल प्रालि तथा गजेन्द्र न्यौपानेले सञ्चालन गरेको काठमाडौं सुपरमार्केट प्रालिमा सोमबार तोडफोड गरी पसलभित्र रहेका मोबाइल, चार्जर, रिचार्ज कार्ड, इयरफोन लगायतका सामान चोरी तथा लुटपाट भएको थियो ।

सो घटनामा संलग्न सरोज पौडेललाई सीसीटीभी फुटेजका माध्यमबाट पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

पक्राउ परेका पौडेललाई बिहीबार पक्राउ गरी चोरीसम्बन्धी कसूर मुद्दामा थप अनुसन्धान तथा कारबाहीका लागि शुक्रबार प्रहरी वृत्त, महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ । 

हालसम्म मोबाइल पसल लुटपाटमा १७ जना व्यक्ति पक्राउ परिसकेको बताइएको छ ।

पछिल्लो अध्यावधिक: फागुन ५, २०७९ १८:४१