close

साझा किताबको एप सार्वजनिक, अब मोबाइलबाटै पुराना किताब किनबेच गर्न सकिने

टेकपाना टेकपाना

फागुन ८, २०७९ ११:२५

साझा किताबको एप सार्वजनिक, अब मोबाइलबाटै पुराना किताब किनबेच गर्न सकिने

काठमाडौं । पुराना किताब किनबेच गर्न सकिने अनलाइन प्लेटफर्म 'साझा किताब' ले आफ्नो मोबाइल एप पनि सार्वजनिक गरेको छ । 

दुई वर्ष अगाडि सञ्चालनमा आएको यो प्लेटफर्मले प्रयोगकर्ताको सहजतालाई मध्यनजर गर्दै एपबाट पनि आफ्नो सेवा सुरु गरेको कम्पनीका प्रबन्ध निर्देशक विवेक पराजुलीले बताए । 

यो एपमार्फत इच्छुक व्यक्तिहरूले आफूले चाहेको किताब खरिद गर्न सोझै विक्रेतासँग च्याट पनि गर्न सक्नेछन् । एपमा गएर आफूले खरिद गर्न चाहेको किताबमा क्लिक गरेपछि उक्त किताबको अन्य विवरणसँगै विक्रेतासँग सोझै च्याट अथवा फोन गरेर कुरा गर्न सकिन्छ ।

यसका लागि विक्रेताको फोन नम्बर भने भेरिफाइड हुनुपर्छ । एपमा लगइन गर्नको लागि भने सहजै आफ्नो कुनै पनि ईमेल अथवा गुगल साइनइन मार्फत लगइन गर्न सकिन्छ । यो प्लेटफर्म प्रयोग गर्नको लागि कुनै पनि कमिसन भने दिन नपर्ने उनको भनाइ छ ।

हाललाई एन्ड्रोइडको लागि मात्र उपलब्ध यो एप चाँडै नै आईओएसमा पनि उपलब्ध हुने पराजुलीले बताए । 

एप डाउनलोड गर्नको लागि यहाँ क्लिक गर्नुहोस् । 

पछिल्लो अध्यावधिक: फागुन ८, २०७९ ११:३०