close

बिग्रिएको एसी टीसीएलले निःशुल्क मर्मत गरिदिने, साथै पुरानोसँग नयाँ साट्ने मौका

टेकपाना टेकपाना

फागुन २०, २०७९ १२:३६

बिग्रिएको एसी टीसीएलले निःशुल्क मर्मत गरिदिने, साथै पुरानोसँग नयाँ साट्ने मौका

काठमाडौं । इलेक्ट्रोनिक्स कम्पनी टीसीएलले आफ्ना ग्राहकका लागि नयाँ अफर ल्याएको छ । ​यसअन्तर्गत कुनै पनि ब्रान्डको एसी नि:शुल्क मर्मत गर्न सकिनेछ ।

साथै जुनसुकै अवस्थाको पुरानो एसी साट्न चाहेमा उक्त पुरानो एसीको उचित मूल्याङ्कन गरी टीसीएलको एसीसँग साट्न सकिने कम्पनीले जनाएकाे छ ।

यो अफर प्राप्त गर्न ग्राहकले ९८०३६२१९२४ वा ९८६४४७५५६९ मा सम्पर्क गर्न अथवा [email protected] मा ईमेलमार्फत आफ्नो जानकारी रजिस्टर गर्नुपर्नेछ ।

साथै कम्पनीले यस अफरअन्तर्गत एसी मर्मत गर्दा स्पेयर पार्टमा ५० प्रतिशतसम्म छुट तथा नयाँ टीसीएल एसी खरिद गर्दा २५ प्रतिशतसम्मको विशेष छुट पनि प्रदान गर्ने भएकाे छ ।



 

पछिल्लो अध्यावधिक: फागुन २०, २०७९ १२:४५