close

६००० एमएएच ब्याट्री सहितको सामसङ ग्यालेक्सी एम १४ सार्वजनिक

टेकपाना टेकपाना

फागुन २४, २०७९ १०:२१

६००० एमएएच ब्याट्री सहितको सामसङ ग्यालेक्सी एम १४ सार्वजनिक

काठमाडौं । सामसङले आफ्नो बजेट फोन ग्यालेक्सी एम १४ सार्वजनिक गरेको छ । फोनमा ६.६ इन्चको डिस्प्ले छ जसमा ९० हर्जको रिफ्रेसरेट दिइएको छ ।

फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा सहित १३ मेगापिक्सेलको सेल्फि क्यामेरा छ । 

फाइभजी सपोर्ट गर्ने यो फोनमा ४ जीबीको र्‍याम सहित ६४ जीबी र १२८ जीबीको स्टोरेज भेरियन्टमा उपलब्ध छ । ६४ जीबी स्टोरेज भएको भेरियन्टको मूल्य २२५ डलर (करिब ३० हजार रुपैयाँ) छ भने १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य भने २४४ डलर (करिब ३२ हजार रुपैयाँ) तोकिएको छ । 

फोनमा २५ वाटको फास्ट चार्जिङ सहितको ६००० एमएएचको ब्याट्री छ ।

   

 

पछिल्लो अध्यावधिक: बैशाख २२, २०८० १६:४५