close

आईफोन १५ प्रो सिरिजका फोन अहिलेसम्मकै महँगो हुने !

टेकपाना टेकपाना

चैत २, २०७९ १८:५३

आईफोन १५ प्रो सिरिजका फोन अहिलेसम्मकै महँगो हुने !

काठमाडौं । सन् २०२३ मा सार्वजनिक हुने आईफोन १५ सिरिज अन्तर्गत प्राे माेडेलका फोनको मूल्य अहिलेसम्मकै धेरै महँगाे हुने भएको छ । प्रविधि विश्लेषक जेफ पुले म्याक र्‍युमर्समा सार्वजनिक गरेको रिपोर्टअनुसार अहिलेको बजार मूल्यभन्दा आईफोन १५ प्रो सिरिजका फाेनकाे मूल्य धेरै महँगो हुनेछ ।

सामान्य र प्रो मोडेलका फोनहरूमा भिन्नता ल्याउन हार्डवेयर र सफ्टवेयरमा धेरै कुरा परिमार्जन हुन लागेका कारण मूल्यवृद्धि गर्ने तयारी गरिएकाे उनले उल्लेख गरेका छन् ।

बाहिरिएकाे रिपाेर्टअनुसार प्रो सिरिजका फोनमा टाइटानियम फ्रेम हुनेछ । त्यस्तै नयाँ ए१७ बायोनिक चिपसेट र सोलिड स्टेट बटनहरू हुनेछन् । आईफोन १४ ले बजार तान्न नसकेपछि एप्पलले आउँदो सिरिजमा धेरै अपग्रेड गर्ने अपेक्षा गरिएको छ ।

सामान्यतः अहिले एप्पलको प्रो सिरिजिकाे मूल्य ९९९ अमेरिकी डलरबाट सुरू हुने गर्छ । यद्यपि देशअनुसार फोनको मूल्य तलमाथि हुने गर्छ ।

यसअघि सन् २०१७ मा एप्पलको प्रो सिरिज अन्तर्गत आईफोन एक्सको मूल्य बढ्ने हल्ला फैलिएपछि यसपटक पुन: मूल्यबारे आशङ्का हुन थालेकाे छ । तर यसबारे एप्पलले भने केही जानकारी खुलाएकाे छैन ।

पछिल्लो अध्यावधिक: चैत ३, २०७९ १२:३७