close

अब बोलेकै भरमा आईफोन रिस्टार्ट हुने

टेकपाना टेकपाना

चैत ६, २०७९ ८:३७

अब बोलेकै भरमा आईफोन रिस्टार्ट हुने

काठमाडौं । फोन गर्ने र मेसेज पठाउने बाहेक आईफोनको भोइस असिस्टेन्ट फिचर 'सिरी' ले अरु पनि धेरै काम गर्नसक्छ । कम्पनीले सिरीमा थप गरेको एउटा नयाँ फिचर हो फोन रिस्टार्ट गर्ने कमान्ड ।

अब प्रयोगकर्ताले सिरी प्रयोग गरेर आफ्नो आईफोन रिस्टार्ट गर्न सक्नेछन् । आईओएस १६ को अपडेटमार्फत कम्पनीले यो फिचर उपलब्ध गराएको हो । यसको विषयमा धेरैलाई थाहा नहुन पनि सक्छ । सिरी प्रयोग गरेर कसरी आईफोन रिस्टार्ट गर्न सकिन्छ भनेर यहाँ उल्लेख गरिएको छ । 

'हे सिरी' फिचर इनेबल गर्नुहोस् 
- मोबाइलको सेटिङमा गएर सिरी एन्ड सर्चमा क्लिक गर्नुहोस् 
- लिसन फर हे सिरी अप्सनमा क्लिक गरेर यसलाई इनेबल गर्नुहोस् 
- यसपछि दिइएका निर्देशन अनुसार आफ्नो भ्वाइस रेकर्ड गर्नुहोस् । पाँच पटक भ्वाइस दिइसकेपछि तपाईँको भ्वाइस कमान्डको लागि सिरी तयार हुन्छ । 

सिरी प्रयोग गरेर फोन रिस्टार्ट गर्नुहोस् 
- फोन लक हुँदा अथवा लक नहुँदा पनि यो फिचर प्रयोग गर्न सकिन्छ । यसको लागि हे सिरी भनेर सिरिलाई एक्टिभेट गर्नुहोस् 
- यसपछि रिस्टार्ट आईफोन अथवा रिस्टार्ट माइ फोन भन्नुहोस् 
- सिरीले कन्फर्मेसनको लागि पुन: प्रश्न गरेको खण्डमा 'एस' भनेर भन्नुहोस् अथवा सिरिले कन्फर्मेसनको लागि दिएको नोटिफिकेसनमा 'रिस्टार्ट' मा क्लिक गर्नुहोस् । 
- यसरी फोन रिस्टार्ट भएपछि तपाईँको पासकोड थिचेर फोन अनलक गर्न सक्नुहुन्छ ।   
  

पछिल्लो अध्यावधिक: चैत ६, २०७९ ८:४५