close

किताब पढ्दै टाइपिङ सिक्न चाहनुहुन्छ ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

चैत ६, २०७९ १३:५

किताब पढ्दै टाइपिङ सिक्न चाहनुहुन्छ ? यसो गर्नुहोस्

काठमाडौं । अहिलेको डिजिटल युगमा टाइपिङ सीप अपरिहार्य जस्तै भएको छ । टाइपिङ सिकाउन विभिन्न सफ्टवेयर तथा अनलाइनमा टुलहरू उपलब्ध छन् ।

तर तपाईंलाई किताब पढ्न पनि मन छ, टाइपिङ सिक्न पनि मन छ भने टाइपलिट (TypeLit) नामक वेबसाइट निकै उपयोगी हुनसक्छ । यस वेबसाइटबाट किताब पढ्दै टाइपिङ सिक्न सकिन्छ ।

आज हामी तपाईंले यसै वेबसाइटबारे जनकारी दिन जाँदै छौँ ।

के हो टाइपलिट?

 

प्राय: टाइपिङ सिकाउने सफ्टवेयर वा वेबसाइटहरूमा बिल्टइन टेक्स्टमा अभ्यास गर्नुपर्ने हुन्छ । त्यहाँ छोटा अनुच्छेदहरू मात्र उपलब्ध हुन्छन् ।

यसले गर्दा टाइपिङ अभ्यास गर्दा तपाईंले किताब पढ्न पाउनुहुन्न । यही समस्या समाधान गर्न क्यानडाका वेब डेभलपर एडम डोकियाटनले यो वेबसाइट निर्माण गरेका हुन् ।

वेबसाइटबाट कुनै पनि किताबमा भएका अक्षरहरू आफूले पुन: टाइप गरेर टाइपिङको अभ्यास गर्न सकिन्छ । यसले गर्दा किताब पढ्ने र टाइपिङ अभ्यास गर्ने दुवै काम एकैपटक गर्न सकिन्छ । वेबसाइटबाट किताबमा  भएका भाग (chapter) अनुसार टाइपिङ गर्न सकिन्छ ।

कसरी किताब पढ्दै टाइपिङ गर्ने?

सबैभन्दा सुरुमा यहाँ क्लिक गरी वेबसाइटमा जानुहोस् । तपाईंले वेबसाइटमा अकाउन्ट बनाएर वा नबनाई नै टाइपिङको अभ्यास गर्न सक्नुहुन्छ ।

वेबसाइटमा एकाउन्ट बनाउनुभयो भने तपाईंले नयाँ अपडेट र आफ्नो टाइपिङ हिस्ट्री राख्न सक्नुहुन्छ ।

अकाउन्ट बनाउनका लागि दायाँमाथि रहेको साइन इनमा क्लिक गर्नुहोस् । ‍त्यहाँ तपाईंले गुगल, ट्वीटर लगायतका अन्य सामाजिक सञ्जालका अकाउन्टबाट साइन अप गर्न सक्नुहुन्छ ।

अब तपाईंले ‘क्लासिक्स’ (Classics) सेक्सन अन्तर्गत विभिन्न किताबहरु देख्नुहुनेछ । तीमध्ये कुनै एकमा क्लिक गर्नुहोस् ।

अब तपाईंले किताबमा भएका भागहरू देख्नहुन्छ । तीमध्ये कुनै एकमा क्लिक गरेर टाइपिङ‍ सुरू गर्न सक्नुहुन्छ ।

टाइपिङ सुरू गर्दै जाँदा वेबसाइटको माथिल्लो भागमा पेज, च्याप्टर, वर्ड पर मिनेट (डब्लूपीएम), एक्युरेसी जस्ता विकल्प देख्न सक्नुहुनेछ । त्यहाँ भएको इन्साइटका आधारमा तपाईंले आफ्नो टाइपिङमा के कति प्रगति भइहेको छ भनेर हेर्न सक्नहुनेछ ।

अन्य सुविधा

वेबसाइटमा भएका बाहेक तपाईं आफैंले पनि किताब अपलोड गरेर अभ्यास गर्न सक्नुहुन्छ । तर त्यसका लागि भने वेबसाइटले मासिक पाँच डलर शुल्क लिने गर्छ । नयाँ किताब अपलोड गरेर टाइपिङ अभ्यास गर्न‍ ‘कस्टम’ सेक्सनमा क्लिक गर्नुहोस् । त्यहाँ भुक्तानी गर्ने नयाँ पेज खुल्छ ।

अब भुक्तानी गरिसकेपछि पीडीएफ, टीएक्सटी लगायतका एक्स्टेन्सन भएको फाइल अपलोड गर्न सक्नुहुन्छ । त्यस्तै वेबसाइटमा अङ्ग्रेजीसहित अन्य नौ ओटा भाषामा टाइपिङ अभ्यास गर्न सकिन्छ ।

यी पनि पढ्नुहोस:

टाइपिङ स्पिड बढाउन उपयोगी ५ टुल

अब बोलेकै भरमा नेपाली टाइपिङ

कम्प्युटरको कीबोर्ड बिग्रियो ? यसरी माउसबाटै गर्नुहोस् टाइपिङ

‘अटो सजेस्ट’ले फास्ट होइन, स्लो बनाउँछ मोबाइलको टाइपिङः अध्ययन

पछिल्लो अध्यावधिक: चैत ६, २०७९ १३:५