close

च्याटजीपीटीमा बग, लिक भयो प्रयोगकर्ताको संवेदनशील विवरण

टेकपाना टेकपाना

चैत ११, २०७९ १५:१७

च्याटजीपीटीमा बग, लिक भयो प्रयोगकर्ताको संवेदनशील विवरण

काठमाडौं । यही हप्ता च्याटजीपीटीमा फेला परेको एउटा बगले प्रयोगकर्ताका विभिन्न गोप्य विवरण सार्वजनिक गरेको पुष्टि भएको छ । च्याटजीपीटीकाे संस्थापक कम्पनी ओपनएआईले एक ट्वीट गर्दै च्याटजीपीटीमा फेला परेको बगले यस्ता विवरण सार्वजनिक गरेको उल्लेख गरेको छ ।

कम्पनीका अनुसार च्याटजीपीटीमा भेटिएको बगले प्रयोगकर्ताको भुक्तानी जानकारी पनि सार्वजनिक गरेको छ । योभन्दा अगाडि मार्च २० मा एआई च्याटबट बन्द गरिएको थियो । यसमा भेटिएको एक बगले सक्रिय प्रयोगकर्ताको च्याट हिस्ट्रीबाट पहिलो कुराकानीलाई सार्वजनिक गरेको थियो ।

अहिले पुन: कम्पनीले च्याटजीपीटीमा भएको बगले केही सीमित प्रयोगकर्ताहरूको अन्य व्यक्तिगत डेटा पनि सार्वजनिक गरेको बताएको छ ।

"हामीले सोमबार च्याटजीपीटीलाई अफलाइन गर्नुभन्दा अगाडि केही प्रयोगकर्ताले अन्य सक्रिय प्रयोगकर्ताको पहिलो र अन्तिम नाम, ईमेल ठेगाना, भुक्तानी ठेगाना, क्रेडिट कार्ड नम्बरको अन्तिम चार अंक र क्रेडिट कार्ड हेर्नसक्ने भएको थियो," ओपनएआईले आफ्नो ट्वीटमा लेखेकाे छ ।

यसका साथै भुक्तानीसम्बन्धी जानकारी सार्वजनिक भएको प्रयोगकर्तालाई सूचित गराइसकिएको कम्पनीले जनाएको छ ।

We took ChatGPT offline Monday to fix a bug in an open source library that allowed some users to see titles from other users’ chat history. Our investigation has also found that 1.2% of ChatGPT Plus users might have had personal data revealed to another user. 1/2

— OpenAI (@OpenAI) March 24, 2023

पछिल्लो अध्यावधिक: चैत ११, २०७९ १५:३०