close

नेपालकै सस्तो इन्टरनेट वाईफाई नेपालको सेवा अब विराटनगर, इटहरी र धरानमा पनि

टेकपाना टेकपाना

चैत १६, २०७९ ८:४७

नेपालकै सस्तो इन्टरनेट वाईफाई नेपालको सेवा अब विराटनगर, इटहरी र धरानमा पनि

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वाईफाई राजधानी बाहिरका विभिन्न सहरमा विस्तार भएको छ । नेपालकै सस्तो इन्टरनेट प्याकेजका साथ गत जेठदेखि बजारमा आएको यो कम्पनीले आफ्नो सेवा विराटनगर, इटहरी र धरानमा पनि सुरु गरेको हो ।

यसअघि कम्पनीले माघ र फागुन महिनामा पोखरा लगायत अन्य सहरमा आफ्नो सेवा विस्तार गरेको थियो । अब विराटनगर, इटहरी र धरानका प्रयोगकर्ताले वाईफाई नेपालको ५० र ८० एमबीपीएस गतिको इन्टरनेट प्याकेज खरिद गर्न सक्नेछन् ।

कम्पनीले मासिक ३६६ रुपैयाँमा ५० एमबीपीएस र मासिक ५३३ रुपैयाँमा ८० एमबीपीएस गतिको इन्टरनेट प्याकेज उपलब्ध गराइरहेको छ । ५० एमबीपीएसको नयाँ इन्टरनेट जडान गर्न न्यूनतम् तीन महिनाको शुल्क भुक्तानी गर्नुपर्ने हुन्छ ।

नयाँ ग्राहकले तीन महिनाका लागि कूल तीन हजार १०० रुपैयाँ तिरेर वाईफाई नेपालको इन्टरनेट जडान गर्न सक्छन् । जसमा तीन महिनाको इन्टरनेट शुल्क ११ सय रुपैयाँ, तारको शुल्क ५०० रुपैयाँ र राउटरको शुल्क १५ सय रुपैयाँ तोकिएको छ ।

छ महिना र एक वर्षका लागि जडान र तारको शुल्क नलाग्ने कम्पनीले जनाएको छ । यसरी तीन महिनाका लागि वाईफाई नेपालको ५० एमबीपीएस इन्टरनेट जडान गर्दा कूल तीन हजार १०० रुपैयाँ पर्छ ।

छ महिनाका लागि तीन हजार ६०० रुपैयाँ र एक वर्षका लागि पाँच हजार ५०० रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ । त्यस्तै ८० एमबीपीएस इन्टरनेट स्पिड जडान गर्न तीन महिने प्याकेजका लागि तीन हजार ६०० रुपैयाँ शुल्क तोकिएको छ ।

जसमा तीन महिनाको इन्टरनेट शुल्क एक हजार ६०० रुपैयाँ , ५०० रुपैयाँ तार शुल्क र एक हजार ५०० रुपैयाँ राउटर शुल्क समावेश छ ।  एकै पटक छ महिना वा एक वर्षको भुक्तानी गर्ने ग्राहकले तारको शुल्क तिर्नुपर्ने छैन ।

यसरी तीन महिनाका लागि ८० एमबीपीएस इन्टरनेट जडान गर्दा तीन हजार ६०० रुपैयाँ, छ महिनाका लागि चार हजार ७०० रुपैयाँ र एक वर्षका लागि सात हजार ५०० रुपैयाँ लाग्नेछ ।

कम्पनीले आफ्नो सेवा दमक र बिर्तामोडमा पनि ल्याउने तयारी भइरहेको जानकारी दिएको छ । यहाँ क्लिक गरेर वा ०१-५९७०७८९ मा सम्पर्क गरेर  वाईफाई नेपालको इन्टरनेट बुक गर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: चैत १६, २०७९ ८:४८