close

अब बिङमा पनि भ्वाइस च्याट गर्न सकिने

टेकपाना टेकपाना

जेठ २८, २०८० ८:५२

अब बिङमा पनि भ्वाइस च्याट गर्न सकिने

काठमाडौं । माइक्रोसफ्टले बिङ च्याटबटमा पनि एआई भ्वाइस च्याट फिचर थप गरेको छ । अब बिङ प्रयोगकर्ताले आफ्नो जिज्ञासाहरू आवाज मार्फत राख्न सक्नेछन् । बिङले अब प्रयोगकर्ताले बोलेर सोधेको कुराको जवाफ दिनेछ ।

यो फिचर ओपनएआईको च्याटबटमा भने पहिले नै उपलब्ध भइसकेको छ । अब भने माइक्रोसफ्टले यो फिचर बिङमा पनि उपलब्ध गराएको हो ।

ओपनएआईको जीपीटी-फोर प्रविधिमा आधारित यो फिचर प्रयोग गर्न प्रयोगकर्ताले बिङको च्याटबक्समा भएको माइकको आईकनमा क्लिक गर्नुपर्ने हुन्छ । यसरी माइकमा क्लिक गरेर आफ्नो कुरा राखेर सेन्ड गरेपछि बिङले उक्त कुराको जवाफ दिनेछ । 

यो फिचरले अंग्रेजीसँगै जापानी, फ्रेन्च, जर्मन र म्याडरिन भाषा सपोर्ट गर्छ । आउने दिनमा अन्य भाषाहरू पनि थप गर्दै जाने कम्पनीले जनाएको छ ।
हाललाई यो फिचर डेस्कटपमा मात्र प्रयोग गर्न सकिनेछ ।  

पछिल्लो अध्यावधिक: जेठ २८, २०८० ८:५२