close

मेसेन्जरमा गरेका कुरा २४ घण्टामा आफैं हराओस् भन्ने चाहनुहुन्छ ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

माघ २, २०८० ८:२४

मेसेन्जरमा गरेका कुरा २४ घण्टामा आफैं हराओस् भन्ने चाहनुहुन्छ ? यसो गर्नुहोस्

काठमाडौं । फेसबुकको मातृ कम्पनी मेटाले हालै मेसेन्जरका लागि ‘डिसेपियर मेसेज’ फिचर ल्याएको छ । कुनै संवेदनशील विषयमा गरिएका कुराकानी सधैंभर मेसेन्जरमा नरहोस् भन्ने चाहने प्रयोगकर्तालाई लक्षित गर्दै कम्पनीले यस्तो सुविधा ल्याएको हो ।

कम्पनीले यो सुविधा मेसेन्जरको इन्टरफेस सुधार गर्ने उद्देश्यले पनि ल्याएको जनाएको छ । सुरुवाती अवस्थामा डिसएपियरिङ मेसेज सुविधा मेसेन्जरमा इन्ड-टु-इन्ड इन्क्रिप्सनमा मात्र उपलब्ध हुने कम्पनीले उल्लेख गरेको छ । डिसएपियरिङ मेसेज अन गरेको अवस्थामा दुई प्रयोगकर्ताबीच जसले स्क्रिनशट लिए पनि फेसबुकले त्यसको जानकारी दिन्छ । र, उक्त मेसेज २४ घण्टापछि गायब हुन्छ । त्यसैले पनि संवेदनशील कुरा गर्ने प्रयोगकर्ताका लागि यो फिचर उपयुक्त हुनसक्छ । 

कसरी सुरु गर्ने डिसएपियरिङ फिचर ?

अहिले सुरुवाती अवस्थामा यो फिचर अन गर्नका लागि तपाईंले डेस्कटप नै प्रयोग गर्नुपर्ने हुन्छ । पछि भने मेटाले यो फिचर मोबाइल एपमै पनि उपलब्ध गराउन सक्छ । एक पटक डेस्कटपबाट यो फिचर अन गरिसकेपछि अर्को पटक मेसेन्जरमा जुनसुकै अकाउन्टका लागि यो फिचर अन गर्न सकिन्छ । त्यसका लागि सबैभन्दा पहिले तलको तरिका अपनाएर डिसएपियरिङ मेसेज फिचर इनेबल गर्नुहोस् । 

  • डेस्कटपममा फेसबुक लगइन गरेर मेसेको आइकनमा क्लिक गर्नुहोस् । 

  • त्यसपछि कुनै एउटा व्यक्तिको मेसेज छान्नुहोस् । (तर, याद गर्नुहोस् डिसएपियरिङ मेसेज फिचर सबै अकाउन्टमा उपलब्ध भइसकेको छैन । अहिले डिसएपियरिङ मेसेज फिचर उपलब्ध भइसकेका अकाउन्टबाट मात्र इनेबल गर्न सकिन्छ ।) 

  • अनि उक्त व्यक्तिको च्याट हेडमा क्लिक गरेर ‘डिसएपियरिङ मेसेज’को अप्सनमा क्लिक गर्नुहोस् ।

 

  • यसरी एउटा अकाउन्टमा डिसएपियरिङ मेसेज फिचर अन गरिसकेपछि अर्को पटक मेसेन्जरमै यो फिचर अन गर्न सकिन्छ । 

 

मेसेन्जर एपमा कुनै कुनै व्यक्तिको च्याटमा गएर माथि दायाँपट्टि रहेको ‘आई’ आइकनमा ट्याप गर्नुहोस् ।

अनि अन्तिमतिर भएको ‘डिसएपियरिङ मेसेज’ अप्सनमा ट्याप गर्नुहोस् । यसरी मोबाइलबाटै विभिन्न व्यक्तिका लागि डिसएपियरिङ मेसेज अन गर्न सकिन्छ । 

पछिल्लो अध्यावधिक: माघ २, २०८० ८:२४