close

भिडिओग्राफर बन्न चाहनेका लागि तालिम दिँदै काठमाडौं विश्वविद्यालय, शुल्क ३० हजार रुपैयाँ

टेकपाना टेकपाना

बैशाख ३०, २०८१ १२:२०

भिडिओग्राफर बन्न चाहनेका लागि तालिम दिँदै काठमाडौं विश्वविद्यालय, शुल्क ३० हजार रुपैयाँ

 

काठमाडौं । काठमाडौं विश्वविद्यालयले भिडिओग्राफी सम्बन्धी कार्याशाला आयोजना गर्ने भएको छ । विश्वविद्यालयको स्कुल अफ आर्ट्स अन्तर्गत भाषा तथा जनसञ्चार विभागले ‘क्राफ्टिङ सिनेमा: भिडिओग्राफी’ नामक कार्यशाला (वर्कशप) गर्न लागेको हो । 

कार्यशालामा चलचित्र निर्माणमा रुचि भएका विद्यार्थीहरू सहभागी हुन सक्नेछन् । सहभागीले क्यामेरा अपरेसन, कम्पोजिसन, लाइटनिङ, अडिओ रेकर्डिङ, एडिटिङ लगायतका सीप सिक्नसक्ने बताइएको छ । यसले विद्यार्थीहरूको भिडिओग्राफी सम्बन्धी सीप अर्को स्तरमा लैजान सहयोग गर्ने विश्वविद्यालयको भनाइ  छ । 

विश्वविद्यालयका अनुसार कार्यशालाका सहभागीले सैद्धान्तिकसँगै व्यवहारिक अभ्यासमार्फत सीप सिक्न पाउनेछन् । तीन हप्ताको कार्यशालामा १५ ओटा सेसन (सत्र) हुनेछन् । यसका साथै कार्यशालापछि विद्यार्थीले अनिवार्य रूपमा आफ्नो परियोजना प्रस्तुत गर्नुपर्ने छ । 

१६ जेठबाट सुरु हुने कार्याशालाका लागि इच्छुक व्यक्तिले ७ जेठसम्म फाराम भर्नुपर्ने केयूले जनाएकाे छ  । कार्यशालामा एक पटकमा २० जनाले मात्र सहभागिता जनाउन सक्नेछन् ।

वर्कशपमा सहभागी हुन इच्छुक विद्यार्थीले ३० हजार शुल्क बुझाउनुपर्ने छ । यदि तपाईँ पनि भिडिओग्राफीमा रूचि राख्नुहुन्छ भने यहाँ क्लिक गरी केयूको कार्यशालामा सहभागी हुन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: बैशाख ३०, २०८१ १२:२०