close

खल्ती वालेटको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ सुरु, ग्राहकलाई आईफोनदेखि पल्सर बाइकसम्म उपहार

टेकपाना टेकपाना

जेठ १, २०८१ १३:२४

खल्ती वालेटको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ सुरु, ग्राहकलाई आईफोनदेखि पल्सर बाइकसम्म उपहार

काठमाडौं । डिजिटल वालेट खल्तीले तेस्रो संस्करणको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ सुरु गरेको छ । मंगलवारबाट सुरु भएको यो जात्रा दुई महिनासम्म सञ्चालन हुनेछ । यस पटकको जात्रा पहिलेको तुलनामा अझै परिष्कृत रहेको कम्पनीले जनाएको छ, जसमा ग्राहकले क्याशब्याकदेखि विभिन्न अफर र उपहार पाउन सक्नेछन् ।

यो अफर अन्तर्गत पाँच जनाले पल्सर एनएस २०० एफआई एबीएस बाइक जित्न सक्नेछन् भने अन्य विजेताले आईफोन १५, अनर एक्स सेभेन बी स्मार्टफोन, वासिङ मसिन, स्मार्ट टिभी, स्मार्टफोन, माउन्टेन फ्लाइट, इयरबडहरू जस्ता उपहार जित्न सक्नेछन् ।

यसका साथ हरेक खल्ती प्रयोगकर्ताले आफ्नै प्रोमोकोड बनाई आफ्नो सञ्जालमा शेयर गर्न सक्नेछन् । त्यस्तै पहिले जस्तै हरेक दिन खुत्रुके र हरेक भुक्तानीमा स्क्र्याच कार्ड मार्फत उपहारहरू जित्ने मौका रहेकाे कम्पनीले जनाएकाे छ ।

असार ३१ सम्म लागू रहने यस जात्रा अवधि चार ओटा राउन्डमा विभाजन गरिएको छ । प्रत्येक राउन्डमा खल्तीबाट कुनै पनि दक्ष भुक्तानी पूरा गर्ने प्रयोगकर्ताहरू पल्सर बाइकका लागि ‘लक्की ड्र’मा सहभागी हुन योग्य हुनेछन् । 

हरेक राउन्डको अन्त्यमा एक भाग्यशाली विजेता घोषणा हुनेछ । चार ओटै राउन्डहरूमा सहभागी हुने प्रयोगकर्ताहरूले बोनस राउन्डको पल्सर एनएस २०० एफआई एबीएस बाइकका लागि स्वतः सहभागी हुनेछन् र जित्न सक्नेछन् । तसर्थ, कुल मिलाएर प्रयोगकर्ताहरूका लागि यो पल्सर बाइक जित्ने पाँच ओटा मौका रहेका छन् ।

बोनस राउन्डमा पुग्ने प्रयोगकर्तामा एक जनाले पल्सर एनएस २०० एफआई एबीएस बाइक, एक जनाले गेमिङ ल्यापटप र एक जनाले अनर एक्स सेभेन बी स्मार्टफोन जित्नेछन् ।

यस वर्षको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ मा खल्तीले ‘सेयर अ कोड’ नामक रमाइलो विशेष फिचर ल्याएको छ । खल्ती एपभित्र जात्रा पेजमा गएर प्रयोगकर्ताहरूले ‘क्रिएट’ ट्याप गरी आफूले चाहेको अक्षर र अंक राखेर आफ्नै प्रोमोकोड भएको कुपन बनाउन सक्नेछन् ।

सो कुपन सेयर गरी प्रयोगकर्ताहरू स्वयं खल्ती इन्फ्लुयन्सर बन्न सक्नेछन् । साथीभाइले प्रोमोकोड प्रयोग गरेर अफर र क्यासब्याकको लाभ लिन सक्नेछन् भने शेयर गर्नेलाई हरेक प्रयोगमा १० खल्ती पोइन्ट्स प्राप्त हुनेछ, साथमा हरेक हप्ता अनर एक्स सेभेन बी स्मार्टफोन जित्ने मौका मिल्नेछ ।

हरेक हप्तामा एउटा प्रोमोकोड बनाएर शेयर गर्न मिल्नेछ भने सो प्रोमोकोड पाँच जनाले मात्र प्रयोग गर्न मिल्नेछ । अनर एक्स सेभेन बी स्मार्टफोनको ‘लक्की ड्र’ मा सहभागी हुन सो हप्ता पाँच पटक नै प्रोमोकोड प्रयोग हुनु पर्नेछ । 

प्रयोगकर्ताहरूले खल्तीभित्रको जात्रा पेजमा गएर दैनिक रूपमा 'खुत्रुके' फुटाउन सक्नेछन्, जसमा एक विशेष नम्बर प्राप्त हुनेछ ।

हरेक दिन ‘लक्की ड्र’ मार्फत एक भाग्यशाली नम्बरले वासिङ मसिन, स्मार्ट टिभी, स्मार्टफोन, माउन्टेन फ्लाइट देखि इयरबडहरू जस्ता थप्रै उपहारहरू जित्न सक्ने कम्पनीले जनाएको छ ।

त्यसैगरी यो जात्रा अन्तर्गत नै  हरेक दिन नयाँ खुत्रुके र नयाँ खुत्रुकेमा नयाँ उपहार जित्ने मौका रहनेछ । जात्राको अर्को विशेषता डिजिटल स्क्र्याच कार्डलाई खल्तीले यस वर्ष पनि निरन्तरता दिएको छ । खल्ती प्रयोगकर्ताहरूले रु. १०० भन्दा माथिको हरेक भुक्तानीमा डिजिटल स्क्र्याच कार्ड मार्फत विभिन्न किसिमका अफर र क्याशब्याकहरू प्राप्त गर्न सक्नेछन् ।

यस बाहेक योजना अवधिभर खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा एक जनाले ‘लक्की ड्र’ मार्फत आईफोन १५  विशेष उपहार जित्नेछन् ।

पछिल्लो अध्यावधिक: जेठ १, २०८१ १३:३१