काठमाडौं । सरकारले नेपालको आफ्नै भू-उपग्रह (स्याटलाइट) स्थापना गर्ने कार्य अघि बढाउने योजना ल्याएको छ । मंगलवार सार्वजनिक सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यस्तो योजना समावेश गरिएको हो ।
अन्तरिक्षमा आफ्नै भू-उपग्रह स्थापना गर्ने उद्देश्यका साथ हरेक वर्ष सरकारले कार्यक्रम राखेपनि यो योजना व्यवस्थित रूपमा अघि बढ्न सकेको छैन । यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भू-उपग्रह नीति, २०७७ अन्तर्गत रहेर भू-उपग्रह स्थापना तथा व्यवस्थापनको लागि काम हुने बताएको थियो । तर यो विषय पछिल्लो समय सेलाएको छ ।