काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स एन्ड एक्सेसरिज ब्रान्ड मोबाइल वर्ल्ड क्यापिटल (एमडब्लूसी) ले बजारमा नयाँ उत्पादन ल्याउने भएकाे छ । कम्पनीले यही ६ जेठ (आइतबार)देखि नयाँ मोडेलका इयरबड र नेकब्यान्ड उपलब्ध गराउन लागेकाे हाे ।
कम्पनीका अनुसार पहिलो चरणमा एयर बड्स मिनी टू (Air Buds Mini 2) माेडेलकाे इयरबड र बीटी बुम टू (BT Boom 2) माेडेलकाे नेकब्यान्ड सार्वजनिक हुनेछ ।
एयर बड्स मिनी टूमा ब्लुटुथ ५.३ भर्सन, १० एमएम ड्राइभर, गेमिङ मोड भएको ३५ एमएस सुपर लो लेटेन्सी, ईएनसी, फुल टच कन्ट्रोल, भोइस एसिस्टेन्ट जस्ता फिचर छन् ।
यस इयरबडको केसमा ३०० एमएएच र बड्समा ३० एमएएचको ब्याट्री क्षमता छ । एक घण्टामा फुल चार्ज गर्न सकिने इयरबडमा सात घण्टाको प्ले टाइम र स्ट्यान्डबाई ३००० घण्टा ब्याकअप हुने कम्पनीको दाबी छ ।
यो इयरबड ब्ल्याक, ब्लु, पर्पल र ह्वाइटमा उपलब्ध हुनेछ ।
त्यस्तै सोही दिन सार्वजनिक हुने बीटी बुम टू नेकब्यान्डमा ब्लुटुथ ५.३ भर्सन, १० एमएम ड्राइभर, टच कन्ट्रोल, ईएनसी, भोइस एसिस्टेन्ट जस्ता फिचर छन् । यसमा २०० एमएएचको ब्याट्री क्षमता छ । यो नेकब्यान्ड ब्ल्याक, ह्वाइट, ब्लु र ग्रिनमा रङमा उपलब्ध हुनेछ ।
साढे एक घण्टामा चार्ज हुने यो नेकब्यान्डमा २३ घण्टाको टकटाइम, २२ घण्टाको म्युजिक टाइम र स्ट्यानबाई २१०० घण्टा हुनेछ ।
कम्पनीका अनुसार एयर बड्स मिनी टूको बजार मूल्य दुई हजार ९९९ र नेक ब्यान्ड बीटी बुम टूको मूल्य दुई हजार १९९ रुपैयाँ कायम हुने छ ।
तर लञ्च अफर अन्तर्गत कम्पनीले आउँदो एक हप्तासम्म (१३ गते) इयरबड एक हजार ७९९ र नेकब्यान्ड एक हजार २९९ रुपैयाँमै उपलब्ध गराउने भएको छ । यसका साथै पहिलो सय जना ग्राकहलाई सय रुपैयाँ भौचर छुट मिल्ने कम्पनीले जनाएको छ ।
यी बाहेक कम्पनीले आगामी दिनमा स्मार्टवाच, वायर्ड हेडफोन, पावर बैंक, एडप्टर, चार्जिङ सेट जस्ता उत्पादन पनि सार्वजनिक गर्ने बताएको छ । छिट्टै सार्वजनिक हुने उत्पादन ईकमर्श प्लेटफर्म दराज तथा कम्पनीकै वेबसाइटमार्फत ग्राहकले खरिद गर्न सक्नेछन् ।