close

१ अर्बको नेपाल स्टार्टअप कोष खडा, सातै प्रदेशमा बिजनेस इन्क्युबेसन सेन्टर

टेकपाना टेकपाना

जेठ १५, २०८१ १६:६

१ अर्बको नेपाल स्टार्टअप कोष खडा, सातै प्रदेशमा बिजनेस इन्क्युबेसन सेन्टर

काठमाडौं । सरकारले एक अर्बको नेपाल स्टार्टअप कोष खडा गरेको छ । मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्ताे घाेषणा गरेका हुन् । 

“स्टार्टअप उद्यमीलाई सहजीकरण र नियमन गर्न स्टार्टअप बोर्ड गठन गरिनेछ,” उनले भने, “स्टार्टअप उद्यमीको वित्तीय आवश्यकता सम्बोधन गर्न एक अर्बको नेपाल स्टार्टअप कोष खडा गरेको छु ।”  

युवाको उद्यमशील सोचलाई व्यवसायमा रुपान्तरण गर्न प्रत्येक प्रदेशमा बिजनेस इन्क्युबेसन सेन्टर सञ्चालन गर्ने याेजना समेत ल्याइएकाे छ । 

उनले अगाडि भने, “बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जालाई नवप्रवर्तनमा प्रवाह गर्न प्रोत्साहन गरिनेछ । विभिन्न सम्झौतित कोषको रकम प्राइभेट इक्विटी फन्ड र भेञ्चर क्यापिटल फन्डका धितोपत्र इकाइमा लगानी गर्न व्यवस्था मिलाइनेछ ।” 

पछिल्लो अध्यावधिक: जेठ १५, २०८१ १६:१५