काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली सम्मिलित आईसीसी मेन्स टी–२० विश्वकप २०२४ आइतबारदेखि सुरु भएको छ । सोही प्रतियोगिता अन्तर्गत ४ जुनमा नेपाल नेदरल्यान्ड्ससँग भिड्दै छ ।
अमेरिका र वेस्ट इन्डिजमा हुने उक्त प्रतियोगिताको प्रत्यक्ष प्रसारण आईसीसीले आफ्नो आधिकारिक वेब टिभीमार्फत निःशुल्क रूपमा उपलब्ध गराउन थालेको छ । यसका लागि आईसीसीको आधिकारिक वेब पेज अथवा मोबाइल एपमा उपलब्ध टिभीमार्फत हेर्न सकिन्छ ।
स्मार्टफोन वा ल्यापटपमा विश्वकप लाइभ हेर्ने तरिका
सबैभन्दा पहिले यहाँ क्लिक गरेर आईसीसीको एप इन्स्टल गर्नुहोस् । (तपाईंसँग एन्ड्रोइड वा आईओएस जुन डिभाइस भए पनि यो क्लिक गर्दा सम्बन्धित एप स्टोरमा पुग्नु हुनेछ, यदि कम्युटर वा ल्यापटपबाट हो भने आईसीसीको वेब पेज खुल्नेछ ।)
त्यसपछि एप खोल्नुहोस् अनि होमपेजमा जानुहोस् र त्यहाँ देखिएको नेक्स्टको बटनमा ट्याप गर्नुहोस् । (वा सोझै माथि दायाँपट्टि रहेको स्किपको बटनमा ट्याप गर्नुहोस् ।)
पहिला जसरी नै अरू नेक्स्टको बटन ट्याप गर्दै जानुहोस् । र, अन्तिममा देखिने ‘साइन इन अर रजिस्टर’ (Sign in or Register) बटनमा ट्याप गर्नुहोस् । आवश्यक विवरण राखेर अकाउन्ट खोल्नुहोस् ।
यति गरेपछि लगइन पेज खुल्छ । यदि तपाईंसँग पहिले नै अकाउन्ट छ भने सोझै ईमेल एड्रेस र पासवर्ड राख्नुहोस् । यदि फेसबुक वा गुगल अकाउन्टबाट खोल्नु भएको छ भने तलपट्टि देखिएका फेसबुक र गुगलको अप्सनमा ट्याप गर्नुहोस् ।
फेसबुक वा गुगल अकाउन्टको अप्सन छान्दा तपाईंले पहिला जुन अकाउन्ट प्रयोग गर्नुभएको थियो त्यही अकाउन्ट छान्नुहोस् । त्यसपछि उक्त पेजको होमपेज खुल्छ ।
त्यसका लागि ईमेल र पासवर्ड तयार पारेर लगइन गर्ने एउटा सुविधा छ भने सोझै गुगल वा फेसबुक अकाउन्टबाट लगइन गर्ने अर्को सुविधा छ । यदि तपाईं आफ्नो गुगल र फेसबुक अकाउन्ट प्रयोग गर्न चाहनुहुन्छ भने तलको प्रक्रिया अपनाउनुहोस् । हामी यहाँ गुगल अकाउन्टबाट लगइन गर्ने तरिकाको चर्चा गर्दैछौं ।
सबैभन्दा पहिला माथि भनिएको जस्तै गरी लगइन पेजमा जानुहोस् ।
त्यसपछि तलपट्टि देखिएको गुगलको अप्सनमा ट्याप गर्नुहोस् ।
अनि आफूले लिङ्क गर्न चाहेको गुगल अकाउन्ट छान्नुहोस् ।
यति गरेपछि तपाईंको गुगल अकाउन्टमा भएको नाम अनुसार नाम र थप आफै भरिन्छ ।
त्यसपछि तल दुई ओटा बक्स देख्न सकिन्छ । त्यसमध्ये माथिको अप्सनमा टिक नलाएपनि हुन्छ । तलको अप्सनमा ट्याप गरे पुग्छ ।
र, अन्तिममा ‘क्रियट अकाउन्ट’ (Create Account) को बटनमा ट्याप गर्नुहोस् । यति गरेपछि तपाईंको अकाउन्ट बन्छ ।
यदि त्यसरी अकाउन्ट खोल्न मन छैन भने म्यानुअल्ली पनि अकाउन्ट बनाउन सकिन्छ । त्यसका लागि माथि भनिए जस्तै लगइन पेजमा जानुहोस् । त्यसपछि तलपट्टि देखिएको ‘साइनअप’ (Signup) को अप्सनमा ट्याप गर्नुहोस् ।
यति गरेपछि त्यहाँ खुल्ने नयाँ पेजमा आफ्नो नाम, थर र ईमेल एड्रेस राख्नहोस् अनि ‘सेन्ड भेरिफिकेसन कोड’ (Send verification code) को बटनमा ट्याप गर्नुहोस् ।
त्यति गरेपछि तपाईंले पहिले राखेको ईमेल एड्रेसमा कोड आउँछ । ईमेलमा आएको कोड उक्त पेजमा राख्नुुहोस् । र, भेरिफाई कोडको बटन ट्याप गर्नुहोस् ।
यति भएपछि तपाईंको ईमेल भेरिफाइड हुन्छ । भेरिफाइड भइसकेपछि देशको नाम, पासवर्ड राखेर अन्तिममा रहेको ‘क्रियट अकाउन्ट’ को बटनमा ट्याप गर्नुहोस् ।
त्यसपछि आफूले राखेको ईमेल एड्रेस र पासवर्ड राखेर लगइन गर्नुहोस् । अनि त्यहाँ देखाइएका मध्ये आफूले चाहेको म्याच हेर्नुहोस् ।