close

काठमाडौंका यी ठाउँमा ठूलो स्क्रिनमा क्रिकेट म्याच देखाउँदै महानगर, प्रवेश निःशुल्क

टेकपाना टेकपाना

जेठ २२, २०८१ १८:१३

काठमाडौंका यी ठाउँमा ठूलो स्क्रिनमा क्रिकेट म्याच देखाउँदै महानगर, प्रवेश निःशुल्क

काठमाडौं । टी-२० क्रिकेट विश्वकप अन्तर्गत आज हुने नेदरल्यान्डस विरुद्ध नेपालको खेल काठमाडौं महानगरपालिकाले विभिन्न स्थानमा नि:शुल्क देखाउने भएको छ ।

ओपन डोर्स इन्टरटेनमेन्टको सह आयोजना तथा युवा तथा खेलकुद मन्त्रालयको सहकार्यमा महानगरपालिकाले टुँडिखेल, तीनकुने र हाँडीगाउँमा ठूलाे स्क्रिनमा खेल देखाउन लागेकाे हाे । 

यी सबै स्थानमा ठूला एलईडी स्किनमा राखिएका छन् ।

टुँडिखेलमा खेल प्रदर्शन हुनुअघि इन्दिरा जोशी, महेश काफ्ले, रचना रिमाल, भीयोमा लगायतका कलाकारले प्रस्तुति समेत दिने कार्यक्रम छ ।

पछिल्लो अध्यावधिक: जेठ २२, २०८१ १८:१७