close

स्याटलाइटको चित्र बनाउने प्रतिस्पर्धा गर्दै अन्तरिक्ष प्रतिष्ठान नेपाल

टेकपाना टेकपाना

जेठ २३, २०८१ १९:२४

स्याटलाइटको चित्र बनाउने प्रतिस्पर्धा गर्दै अन्तरिक्ष प्रतिष्ठान नेपाल

काठमाडौं । अन्तरिक्ष प्रतिष्ठान नेपालले स्याटलाइट (पेपर स्याट)को चित्र बनाउने प्रतिस्पर्धा गर्ने भएको छ । बालबालिकालाई अन्तरिक्ष, विज्ञान र क्युबस्याटबारे शिक्षित गर्ने उद्देश्यले यस्तो प्रतिस्पर्धा हुन लागेको हो ।

प्रतिस्पर्धामा कक्षा १० वा सोभन्दा तल्लो कक्षामा अध्ययनरत विद्यार्थीहरूले सहभागिता जनाउन सक्नेछन् । यस प्रतिस्पर्धाले विद्यार्थीको कलात्मक प्रतिभालाई बढावा दिने तथा अन्तरिक्ष र नवप्रवर्तनशीलतामा रूचि पैदा गराउने बताइएको छ ।

प्रतियोगितामा सहभागी हुने विद्यार्थीले नेपालको पहिलो स्याटलाइट नेपाल स्याट वन जस्ता स्याटलाइटको तस्वीर बनाउनु पर्नेछ । प्रतिष्ठानका अनुसार विद्यार्थीले ए फोर अथवा ए थ्रीमा कुनै पनि माध्यमको चित्र बनाउन सक्नेछन् । यसमा विजेता हुने विद्यार्थीलाई आकर्षक उपहार दिने पनि प्रतिष्ठानको भनाइ छ ।

प्रतियोगितामा सहभागी हुन विद्यार्थीले अनलाइनमार्फत आफूले बनाएको चित्र १६ जुनसम्म पठाइसक्नु पर्नेछ । यसका लागि यहाँ क्लिक गर्नुहोस् । यसका साथै प्रतिष्ठानले जीआईएस स्याटलाइट डिराइभ्ड भिजुअलाइजेसन प्रतियोगिता पनि गर्दैछ ।

यसका लागि यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: जेठ २४, २०८१ ९:३४