काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)को नयाँ अध्यक्षमा विश्रुत थापा नियुक्त भएका छन् । शुक्रवार बसको एनसीएचएलको २४६ औं सञ्चालक समितिको बैठकबाट थापा सर्वसम्मत अध्यक्ष पदमा चयन भएका हुन् ।
थापालाई डेपुटी गभर्नर बमबहादुर मिश्रले सपथ ग्रहण गराए । नेपाल राष्ट्र बैंकभित्र हालै भएको विभिन्न विभागीय परिवर्तनपश्चात एनसीएचएलमा गरिँदै आएको प्रतिनिधित्व समेत परिवर्तन भएको हो ।
चार्टड अकाउन्टेड रहेका विश्रुत थापाको केन्द्रीय बैंकका विभिन्न विभागमा २१ वर्ष भन्दा बढी काम गरेको अनुभव छ । एनसीएचएलको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय कम्पनीबाट प्रतिनिधि रहेका छन् ।