close

डोङफेङका बिजुली गाडी किन्न ग्लोबल आईएमई बैंकले सर्वसुलभ व्याजदरमा ऋण दिने

टेकपाना टेकपाना

जेठ २८, २०८१ १३:१३

डोङफेङका बिजुली गाडी किन्न ग्लोबल आईएमई बैंकले सर्वसुलभ व्याजदरमा ऋण दिने

काठमाडौं । ‍ग्लोबल आइएमई बैंक लिमिटेड र त्रिवेणी मोटोकर्पबिच विद्युतीय सवारी कर्जा सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकका साना, मझौला तथा खुद्रा एवं कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र त्रिवेणी मोटोकर्पका वरिष्ठ महाप्रबन्धक अनुज कुमार गोयलले हस्ताक्षर गरेका छन् ।

उक्त समझदारी अनुसार बैंकले त्रिवेणी मोटोकर्प तथा उक्त कम्पनीका आधिकारिक विक्रेताले बिक्री गर्ने विद्युतीय सवारी साधन खरिदका लागि सर्वसुलभ व्याजदरमा छिटो, छरितो र सहज कर्जा प्रवाह गर्नेछ । त्रिवेणी ग्रुप हालै मात्र नेपालका लागि चिनियाँ विद्युतीय सवारी ब्रान्ड डोङफेङको आधिकारिक वितरक बनेको थियो ।

बैंकले ग्रिन फाइनान्सिङ प्रवर्द्धन गर्न विद्युतीय सवारी साधनलाई सर्वसुलभ व्याजदरमा कर्जा प्रवाह गर्दै आएको छ । त्यसैगरी, बैंकले व्यक्तिगत रूपमा ‘अटो लोन’ तथा व्यावसायिक प्रयोजनका लागि ‘हायर पर्चेज’ कर्जा प्रवाह गर्ने गरेकोे छ । ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समय सान्दर्भिक योजनाहरू ल्याएर आफ्ना ग्राहकलाई सुविधा दिंदै आएको छ ।

 

पछिल्लो अध्यावधिक: जेठ २८, २०८१ १३:१४