close

राति र दिउँसोको समय ख्याल नगर्दा यसरी फैलियो फोन पे अवरुद्ध हुने झुटो हल्ला

टेकपाना टेकपाना

जेठ २८, २०८१ १३:४८

राति र दिउँसोको समय ख्याल नगर्दा यसरी फैलियो फोन पे अवरुद्ध हुने झुटो हल्ला

काठमाडौं । राति र दिउँसोको समय ख्याल नगर्दा बजारमा एकाएक फोन पेको सेवा अवरुद्ध हुने हल्ला फैलिएको छ । कम्पनीले सोमबार बिहान १ देखि ५ बजेसम्म नियमित मर्मत सम्भारका लागि सूचना निकालेको भए पनि सामाजिक सञ्जालमा दिउँसो सेवा अवरुद्ध भएको भ्रामक समाचार भाइरल भएको हो । 

सामाजिक सञ्जाल तथा विभिन्न सञ्चार माध्यममा ‘फोन पे’ दिउसो चार घण्टा अवरुद्ध हुने समाचार आइरहेको छ । फैलिएको झुटो हल्ला अनुसार सोमबार दिउसो १ बजेदेखि ५ बजेसम्म सेवा अवरुद्ध हुने बताइएको छ । 

तर, कम्पनीले भने यो सूचना तथा जानकारी भ्रामक रहेको स्पष्ट पारेको छ । “हामीले सोमबार बिहान १ बजेदेखि ५ बजेसम्म डेटा बेस अपग्रेड गर्नुपर्ने भएकाले सेवा अवरुद्ध हुन्छ भन्ने सूचना राखेका थियौं,” टेकपानासँगको कुराकानीमा फोन पेका एक प्रतिनिधिले भने, “खै कहाँबाट उहाँहरूले दिउँसोको समय बुझेर पोस्ट गर्नु भयो ।”

May be an image of phone and text that says 'fone fone"pay pay फोनपेको अत्यन्त जरुरी सूचना आदरणीय ग्राहक महानुभावहक, यही मिति ૨૦૮૧/૦૨/૨૮ गते सोमबारका दिन विहान 09:00 बजे देखि 09:00 बजेसम्म यस फोनपे पेमेन्ट सभिस लिमिटेडको Database Upgrade गनुपनें भएको हुँदा उक्त समयावधिका लागि फोनपेको सवे सेवाहरू अवरद्ध हुने व्यहोरा आदरणीय सदस्य संस्थाहर तथा सेवाग्राहीहकलाई जानकाटी गराउन चाहन्छों। यसबाट पर्न जाने असुविधाको लागि हामी क्षमाप्रार्थी छों थप जानकाटीका लागी यस संस्थाको ग्राहक सेवा केन्द्र फोन नम्बर 09-9900 मा सम्पर्क गर्न सक्जहुनेछ्। poyTaHR Nge Samete B S NR E PNo 今 Bane P 8 жK3b Cerian'

फोनपेले शनिबार नै सामाजिक सञ्जालमा सोमबार बिहान सेवा अरुद्ध हुने भन्दै पूर्व सूचना प्रकाशित गरेको थियो । सो सूचनामा भनिएको थियो, “यही मिति २०८१/०२/२८ गते सोमबारका दिन बिहान ०१:०० बजे देखि ०५:०० बजेसम्म यस फोनपे पेमेन्ट सर्भिस लिमिटेडको ‘Database Upgrade[’ गर्नुपर्ने भएको हुँदा उक्त समयावधिका लागि फोनपेको सबै सेवाहरू अवरुद्ध हुने ब्यहोरा आदरणीय सदस्य संस्थाहरू तथा सेवाग्राहीहरूलाई जानकारी गराउन चाहन्छौँ ।”

एक अनलाइन माध्यमले यही सूचना सोमबार मात्रै थाहा पायो र समाचार प्रकाशित गर्‍यो । दिउँसो करिब १ः३० बजेतिर प्रकाशित उक्त समाचारलाई अन्य अनलाइन र सामाजिक सञ्जाल पेजहरूले समेत भेरिफाई नगरी कपी पेस्ट गर्न  थाले । यसरी फोन पेको सेवा अवरुद्ध हुने झुटो समाचार अहिले सामाजिक सञ्जालमा फैलिइरहेको छ । 

हामीले यो समाचार तयार पार्दा फोन पेको सेवा अवरुद्ध हुने भनेर उल्लेख गरिएको समय चलिरहेको छ । तर फोन पेको सेवा भने परीक्षणका क्रममा नियमित रूपमा सञ्चालनमा रहेको पाइएको छ । 

 

पछिल्लो अध्यावधिक: जेठ २८, २०८१ १३:४८