काठमाडौं । नेपाली ब्रान्ड अल्टिमा लाइफस्टाइलले म्याग्नम ई ५०० स्मार्टवाच सार्वजनिक गर्ने भएको छ । म्याग्नम ई ४०० को सफलतापछि कम्पनीले आउँदो सोमबार आफ्नो प्रिमियम स्मार्टवाच म्याग्नम ई ५०० सार्वजनिक ल्याउन लागेको हो ।
कम्पनीका अनुसार म्याग्नम ई ४०० सार्वजनिक भएको तीन दिनमा तीन हजार थान बिक्री भएका थिए । लक्जरी मोडेलका रूपमा चर्चा गरिएको यो स्मार्टवाच परम्परागत स्ट्राप डिजाइनमा पाउन सकिन्छ ।
१.४३ इन्च टीआरयू एमोलेड डिस्प्ले भएको यो स्मार्टवाचमा ४६६x४६६ पिक्सेल रेजोलुसन छ भने ८०० निट्स ब्राइटनेस रहेको छ । ब्लुटुथ भर्सन ५.३ सपोर्ट गर्ने यो स्मार्टवाचमा ३९० एमएएच क्षमताको ब्याट्री छ । साधारण प्रयोगमा यो स्मार्टवाचको ब्याट्री नौ दिनसम्म टिक्ने कम्पनीको दाबी छ ।
त्यस्तै स्ट्यान्डबाई मोडमा यो स्मार्टवाच ३० दिनसम्म चल्ने कम्पनीले उल्लेख गरेको छ । यसलाई दुई घण्टामै फुल चार्ज गर्न सकिन्छ, यसमा बिल्टइन स्पिकर र माइक छ । अर्थात् फोन बिनै यसैबाट कुराकानी गर्न सकिन्छ ।
यो स्मार्टवाच अल्ट्रा प्रिमियम सर्कुलर मेटल डिजाइनमा तयार पारिएको छ । स्टेनलेस स्टिलको चेन स्ट्राप रहेको यो स्मार्टवाचमा छुट्टै अर्को स्ट्राप पाउन सकिन्छ ।
कम्पनीका अनुसार यसमा २०० भन्दा बढी वाच फेस रहेका छन् । आईपी ६८ रेटिङ प्राप्त यो स्मार्टवाचमा १०० भन्दा बढी स्पोर्ट्स मोड रहेका छन् । यसमा विभिन्न किसिमका हेल्थ ट्रयाकिङ फिचरहरू रहेका छन् । नोटिफिकेसन, एआई भ्वाइस असिस्टेन्ट, म्युजिक तथा क्यामेरा कन्ट्रोल र अलवेज अन डिस्प्ले जस्ता महत्त्वपूर्ण फिचर पन यसमा रहेका छन् ।
यो स्मार्टवाच कोफिट एपमार्फत एन्ड्रोइड ४.० र आईओएस ९.० माथिका डिभाइसमा प्रयोग गर्न सकिन्छ । यसमा कम्पनीले एक वर्षसम्मको वारेन्टी र ३० दिनको रिप्लेसमेन्ट ग्यारेन्टी दिएको छ । अर्थात् ३० दिनभित्र स्मार्टवाच फिर्ता गर्न सकिन्छ ।
आकर्षक लन्च अफर
३ असारमा सार्वजनिक हुने यो स्मार्टवाचका लागि कम्पनीले बिहीबारदेखि प्रि-बुकिङ खुलाउँदैछ । कम्पनीका अनुसार आगामी बिहीबारदेखि आइतबारसम्म यो वाच प्रि-बुक गर्न सकिनेछ । प्रि-बुकिङ अफरमा यो वाच चार हजार ५९९ रुपैयाँमा खरिद गर्न सकिन्छ । आधिकारिक मूल्य भने सार्वजनिक हुने दिन नै बाहिर ल्याउने कम्पनीले जनाएको छ ।
इच्छुक व्यक्तिले यो स्मार्टवाच दराज, अल्टिमा, खल्ती, जीभी, हुकुट स्टोर, ब्रदर मार्ट, नियो स्टोर र अन्य रिटेल स्टोरबाट खरिद गर्न सक्नेछन् । यो रोयल ब्ल्याक र रोयल सिल्भर गरी दुई कलर भेरियन्टमा पाउन सकिन्छ ।
लक्जरी कन्टेस्ट
म्याग्नम ई ५०० स्मार्टवाच सार्वजनिक हुने अवसरमा कम्पनीले ‘वेयर द लक्जरी कन्टेस्ट’ पनि आयोजना गर्ने भएको छ । यो अफर ३१ जेठदेखि ११ असारसम्म चल्नेछ । यसबिच म्याग्नम ई ५०० खरिद गर्ने ग्राहक प्रतियोगितामा स्वतः सहभागी हुनेछन् र, आकर्षक पुरष्कारका लागि योग्य हुनेछन् ।
यस अन्तर्गत एक जना ग्राहकले एक लाख ५७ हजार ५०० रुपैयाँ पर्ने आईफोन १५ पाउनेछन् । त्यस्तै अन्य ३० जना ग्राहकले भने तीन हजार ५९९ पर्ने अल्टिमा एटम १९२ इयरबड उपहारमा पाउनेछन् ।
कसरी सहभागी हुने ?
यसका लागि सबैभन्दा पहिला कुनै पनि माध्यमबाट म्याग्नम ई ५०० इयरबड खरिद गर्नुपर्ने हुन्छ । स्मार्टवाच खरिद गर्ने ग्राहक स्वतः कन्टेस्टमा दर्ता हुनेछन् । अर्थात् ग्राहकले छुट्टै इन्ट्री गर्नु पर्दैन ।
त्यसपछि उक्त स्मार्टवाच लगाएको फोटो सामाजिक सञ्जालका माध्यममा ह्याशट्याग (#WearTheLuxury, #MagnumE400, and #UltimaLifestyle) सहित राख्नुपर्ने हुन्छ । याद गर्नुहोस् यो पोस्ट पब्लिक गर्नुपर्ने हुन्छ । अन्यथा कम्पनीका प्रतिनिधिले तपाईंले राखेको पोस्ट देख्न पाउँदैनन् ।
सामाजिक सञ्जालमा राखिएका फोटोबाट उत्कृष्ट पाँच जना आईफोन १५ पाउनका लागि छनोट हुनेछन् ।
पाँच जनामध्ये एक जनालाई अनलाइन भोटिङमार्फत छनोट गरिनेछ । (कम्पनीले भोटिङ लिङ्क छनोट भएकालाई उपलब्ध गराउनेछ । ग्राहकले उक्त लिङ्क आफूले चाहेको व्यक्तिलाई भोटिङ गरिदिन अनुरोध गर्दै पठाउन सक्नेछन् । त्यसबाहेक सो लिङ्क अल्टिमाको सामाजिक सञ्जालमा पनि शेयर हुनेछ ।) त्यसबाट जसले बढी भोट पाउँछ, उसले आईफोन १५ उपहार पाउने कम्पनीले जनाएको छ ।
त्यसबाट बाँकी चार जना र अन्य २६ जना ग्राहकले भने इयरबड पाउनेछन् ।
कम्पनीले विजेता आफ्नो सामाजिक सञ्जालको माध्यमबाट घोषणा गर्नेछ ।