close

विश्वमै पहिलो पटक विद्युतीय बाइकमा फोन कनेक्ट गर्ने फिचर राख्दै नेपाली कम्पनी यात्री

टेकपाना टेकपाना

असार ६, २०८१ ११:१९

विश्वमै पहिलो पटक विद्युतीय बाइकमा फोन कनेक्ट गर्ने फिचर राख्दै नेपाली कम्पनी यात्री

काठमाडौं । नेपाली विद्युतीय सवारी निर्माता यात्री मोटरसाइकल्सले नयाँ मोडेलको विद्युतीय बाइकमा वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो समावेश गर्ने भएको छ । बुधबार सामाजिक सञ्जालमार्फत कम्पनीले नयाँ फिचरको बारेमा जानकारी दिएको हो ।

कम्पनीका प्राविधिक निर्देशक ठाकुर पौडेलले यसअघि विद्युतीय बाइकमा यस्तो फिचर नभएको र कम्पनीले सार्वजनिक गर्ने नयाँ मोडेलमा यसलाई इन्टिग्रेट गरेको बताए । “हामीले यसै वर्ष सार्वजनिक गर्ने पी वन जेन टु मोडेलको बाइकमा यो फिचर समावेश गर्न लागेका छौं,” उनले टेकपानासँग भने, “यो प्रविधि विशेषगरी चार पाङ्ग्रे गाडीहरूमा हुन्छ । बाइकमा थिएन, हामी पहिलो पटक राख्दैछौं ।”

यसको सहायताले प्रयोगकर्ताले यात्राका क्रममा आफ्नो एन्ड्रोइड वा आईओएस डिभाइस कनेक्ट गरेर त्यसको फाइदा लिन सक्नेछन् । पौडेलका अनुसार २०२४ भित्रै नयाँ जेनेरेसनको यात्री मोटरसाइकल सार्वजनिक गर्ने तयारी भइरहेको छ । “टेस्टिङ, डेभलपमेन्ट र इन्टिग्रेसनको फेजमा छ अहिले,” उनले थपे । 

पछिल्लो अध्यावधिक: असार ७, २०८१ १६:२५