काठमाडौं । अब त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई भेट्न क्यूआर स्क्यान गरी अग्रिम रूपमा समय लिनुपर्ने भएको छ । विश्वविद्यालयले उपकुलपति प्रा. डा केशरजङ बराललाई प्रत्यक्ष भेटघाट गर्न चाहने प्राध्यापक, कर्मचारी, विद्यार्थी र अभिभावक लगायतका लागि यस्तो व्यवस्था मिलाएको हो ।
सोमबार एक सूचना प्रकाशित गर्दै विश्वविद्यालयले भनेको छ, "त्रिभुवन विश्वविद्यालयका विभिन्न शैक्षिक, प्रशासनिक एवम् अनुसन्धान लगायतका विविध विषयमा छलफल गर्न उपकुलपति... लाई प्रत्यक्ष भेट्नुपर्ने भएमा उहाँको समय व्यवस्थापनका लागि तल उल्लिखित क्यूआर प्रयोग गरी अग्रिम समय लिनु हुन ... अनुरोध छ ।"