काठमाडौं । डिजिटल वालेट 'खल्ती' ले 'द बिगेस्ट पेमेन्ट जात्रा' को तेस्रो संस्करण सम्पन्न गरेको छ । ६३ दिने पेमेन्ट जात्रामा १० लाख भन्दा बढी प्रयोगकर्ताहरू सहभागी भएको कम्पनीले जनाएको छ ।
यस अन्तर्गत पाँच विजेताले पल्सर एनएस२०० एफआई एबीएस बाइक, एक जनाले आईफोन १५, नौ जनाले अनर एक्स सेभेन बी स्मार्टफोन, एक जनाले गेमिङ ल्यापटप र हरेक दिन एक जनाले वासिङ्ग मसिन, स्मार्ट टिभी, स्मार्टफोन, स्मार्ट घडी, इयरबड्स, माउन्टेन फ्लाइट, इन्टरनेट प्याकेज लगायत सयौँ उपहार जितेका थिए ।
‘शेयर अ कोड’ मा प्रयोगकर्ताहरूले आफ्नै प्रोमोकोड बनाएर सञ्जालमा शेयर गरेका थिए । यसअन्तर्गत पाँच लाखभन्दा बढी कुपन शेयर गर्दै उनीहरू खल्ती इन्फ्लुन्सर बने ।
खल्तीले करोडौं डिजिटल खुत्रुके फुटाएर प्रयोगकर्ताहरूलाई उपहार प्रदान गरेको थियो । हरेक भुक्तानीमा उपलब्ध स्क्र्याच कार्डमार्फत प्रयोगकर्ताले एक करोडभन्दा बढी स्क्र्याच कार्ड जितेका थिए ।