close

एआई पोट्रेट फोटोग्राफी सहित अनर २०० सिरिज नेपाली बजारमा, सुरुवाती मूल्य ६५ हजार

टेकपाना टेकपाना

साउन १०, २०८१ ११:२३

एआई पोट्रेट फोटोग्राफी सहित अनर २०० सिरिज नेपाली बजारमा, सुरुवाती मूल्य ६५ हजार

काठमाडौं । प्रिमियम हार्कोर्ट पोट्रेटका लागि चर्चा पाएको अनर २०० सिरिज नेपाली बजारमा उपलब्ध भएको छ । अनरका लागि आधिकारिक वितरक सेल्ट्रोन नेपालले बुधबारदेखि यो फोन खरिदका लागि उपलब्ध गराएको हो । 

यस सिरिजमा विभिन्न उपहार घोषणा गरिएको छ । ‍फोन खरिद गर्दा ग्राहकले अनर च्वाइस वाच, च्वाइस इयरबड्स एक्स फाइभ र अन्य अफर पाउनेछन् ।  २४-३१ जुलाईसम्म फोन खरिद गर्ने ग्राहक अफरमा सहभागी हुन सक्नेछन् ।

यो अवधिमा अनर २०० फाइभजी खरिद गर्ने ग्राहकले १३ हजार ९९९ रुपैयाँ पर्ने अनर क्वाइस वाच १९ सय ९९ रुपैयाँमै किन्न पाउनेछन् । त्यस्तै स्क्रिन ब्रेकेज बीमाको सुविधा पनि उपलब्ध हुनेछ । 

त्यस्तै यो अवधिमा अनर २०० प्रो फाइभजी फोन खरिद गर्ने ग्राहकले १३ हजार ९९९ पर्ने अनर च्वाइस वाच, ५,४९९ रुपैयाँ पर्ने अनर च्वाइस इयरबड्स एक्स फाइभ निःशुल्क पाउनेछन् । त्यस्तै स्क्रिन ब्रेकेज बीमा र भीआईपी कार्ड समेत उपलब्ध हुनेछ । 

कस्तो छ अनर २०० सिरिज ?

एआई पोट्रेट फोटोग्राफी

अनर २०० सिरिजले पेरिसको सबैभन्दा महँगो एवं चर्चित स्टुडियो हार्कोर्ट स्टुडियोसँग सहकार्य गरेको छ । यो स्टुडियोमा एउटा फोटोशुटका लागि दुई हजार युरो तिर्नुपर्ने हुन्छ । यस सहकार्यबाट अनरले तीन ओटा हार्कोर्ट पोट्रेट मोडका साथै उत्कृष्ट एआई पोट्रेट उपलब्ध गराएको छ ।

अनर २०० सिरिजमा ५० मेगापिक्सेलको पोट्रेट मुख्य क्यामेरा छ । कम्पनीका अनुसार यो अत्याधुनिक एआई र हार्डवेयरद्वारा सञ्चालित छ । यसले प्रकाश जस्तोसुकै अवस्थामा भए पनि आकर्षक फोटो खिच्ने कम्पनीको दाबी छ । 

यसमा सुपर डाइनामिक एच ९००० सेन्सर र फोर इन वन पिक्सेल बिनिङ टेक्नोलोजी ‍छ, जसले गर्दा कम प्रकाश हुँदा पनि फोटो स्पष्ट निकाल्ने कम्पनीले जनाएको छ ।

यसमा ५० मेगापिक्सेलको पोट्रेट टेलिफोटो क्यामेरा पनि छ । सोनी सेन्सरद्वारा सञ्चालित यस क्यामेराले टाढाका वस्तुको स्पष्ट फोटो खिच्ने कम्पनीको दाबी छ । 

सेल्फी पारखीका ५० मेगापिक्सेलको सेन्सर छ । 

ब्याट्री र चार्जिङ

अनर २०० र २०० प्रोमा ५२०० एमएएच क्षमताको ब्याट्री छ । म्युजिक मात्र सुन्ने हो भने एक पटक चार्ज गर्दा यो फोनको ब्याट्री ६१ घण्टासम्म टिक्ने कम्पनीको दाबी छ ।

यस सिरिजले १०० वाट चार्जिङ सपोर्ट गर्छ । २०० प्रोले ६६ वाटको वायरलेस चार्जिङ पनि सपोर्ट गर्ने कम्पनीले जनाएको छ । 

पर्फमेन्स

अनर २०० प्रोमा स्न्यापड्रागन ८ एस जेन थ्री चिपसेट राखिएको छ । यसले सिमलेस ग्राफिक्स रेन्डरिङ गर्न सक्छ । यसमा भएको सीपीयूले ३ हर्जसम्मको स्पिडमा काम गर्न सक्ने कम्पनीले जनाएको छ ।

नेपालमा अनर २०० प्रो फोन १२ जीबी र्‍याम र ५१२ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध छ ।  

त्यस्तै अनर २०० मा स्न्यापड्रागन ७ जेन थ्री चिपसेट छ । यो फोन नेपाली बजारमा १२ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज र १२ जीबी र्‍याम तथा ५१२ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध छ । 

अनर २०० सिरिज फाइभजी कनेक्टिभिटी सपोर्ट गर्ने सिरिज हो ।

आँखालाई कम्फर्ट दिने डिस्प्ले

अनर २०० सिरिजले ३८४० हर्ज जोखिम-मुक्त डिमिङ र न्याचुरल टोन २.० समावेश गरिएको छ । लाइट अनुसार स्क्रिनको स्टाइल एडजस्ट गर्न यसमा एआई सेकेडियन नाइट डिस्प्लेको सुविधा दिइएको छ ।

त्यस्तै यसमा भएको १.५ के क्वाड-कर्ल्ड फ्लोटिङ डिस्प्लेमा ४००० निट्सको पिक एचडीआर ब्राइटनेस पाइने कम्पनीको भनाइ छ । 

म्याजिक अपग्रेड

म्याजिक ओएस ८.० भएको अनर २०० सिरिजमा म्याजिक पोर्टल, म्याजिक क्याप्सुल र म्याजिक रिङ जस्ता फ्ल्यागशिप फिचर छन् । यसबाहेक यस सिरिजले ओआईएस र स्टेरियो स्पिकर सपोर्ट गर्छ ।

मूल्य र उपलब्धता

अनर २०० प्रो ओसन सायन र ब्ल्याक गरी दुई कलर भेरियन्टमा उपलब्ध छ । त्यस्तै ​अनर २०० मुनलाइट ह्वाइट र ब्ल्याकमा उपलब्ध छ ।

अनर २०० (१२+२५६ जीबी) भेरियन्टको मूल्य ६४ हजार ९९९ रुपैयाँ र १२+५१२ जीबी भेरियन्टको मूल्य ६७ हजार ९९९ रुपैयाँ तोकिएको छ । 

त्यस्तै अनर २०० प्रोको मूल्य ८४ हजार ९९९ रुपैयाँ कायम गरिएको छ ।

पछिल्लो अध्यावधिक: साउन १०, २०८१ ११:४९