close

१२ हजार सोझा नेपालीलाई प्रलोभन देखाई ठगी गर्ने अनलाइन प्लेटफर्मकी एजेन्ट पक्राउ

टेकपाना टेकपाना

साउन १८, २०८१ १८:३९

१२ हजार सोझा नेपालीलाई प्रलोभन देखाई ठगी गर्ने अनलाइन प्लेटफर्मकी एजेन्ट पक्राउ

काठमाडौं । अनलाइनमा रकम जम्मा गर्दा हजारौं आम्दानी हुन्छ भन्ने प्रलोभन देखाई ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका वडा नं. १८ बस्ने ४५ वर्षीया बिना महर्जन रहेकी छन् । 

टेलिग्राम एपमार्फत ‘नेपाल एमएफओसीएल’ ग्रुपको नाममा ठगी भएको उजुरी परेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उक्त ठगी गिरोहको एजेन्ट भएको आरोपमा महर्जनलाई बुधवार नियन्त्रणमा लिएको हो । 

महर्जनले विभिन्न व्यक्तिहरूलाई प्रति खरिद ०.२३% नाफा हुने बताई रकम जम्मा गर्न लगाएको उजुरीकर्ताको दाबी छ । 

आरोपी महर्जनमाथि काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

करिब तीन महिनाअघि सञ्चालनमा आएको यो प्लेटफर्म नेटवर्किङ शैलीमा सञ्चालन भएको र करिब १२ हजार व्यक्ति ठगिएको समाचार टेकपानाले प्रकाशित गरेको छ ।

पछिल्लो अध्यावधिक: साउन १८, २०८१ १९:३