close

आउँदो बुधवार ३०० वाटको चार्जर ल्याउँदै रियलमी, ३५ सेकेन्डमै ० देखि १७ प्रतिशत चार्ज हुने

टेकपाना टेकपाना

साउन २६, २०८१ १३:३०

आउँदो बुधवार ३०० वाटको चार्जर ल्याउँदै रियलमी, ३५ सेकेन्डमै ० देखि १७ प्रतिशत चार्ज हुने

काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता रियलमीले ३०० वाट क्षमताको चार्जर ल्याउने भएको छ । अगस्ट १४ मा चीनमा आयोजना हुने विशेष कार्यक्रममार्फत कम्पनीले यो चार्जिङ प्रविधि सार्वजनिक गर्न लागेको हो । 

यो वायर्ड चार्जरको बारेमा पहिले नै केही अफवाह चलेका थिए, जसलाई रियलमीले पुष्टि गरेको छ । रोचक कुरा त के छ भने, आधिकारिक रूपमा घोषणा हुनुअघि नै यो प्रविधिको प्रयोग देखाउने एक भिडिओ पनि लिक भएको छ ।

भिडिओमा देखिए अनुसार, यो चार्जरले मात्र ३२ सेकेन्डमा स्मार्टफोनको ब्याट्रीलाई १५ प्रतिशतसम्म चार्ज गर्छ, र ३५ सेकेन्डमा ब्याट्री १७ प्रतिशत पुगिसक्छ । 

साओमीले पनि गत वर्ष ३०० वाटको चार्जिङ सिस्टमको घोषणा गरेको थियो, तर अहिलेसम्म कुनै पनि फोनमा यसलाई प्रयोग गरिएको छैन । यसैले, रियलमीको ३०० वाटको चार्जर नै पहिलो पटक बजारमा आउने अनुमान गरिएको छ ।

रियलमीले यसअघि नै २४० वाटको चार्जिङ सपोर्ट गर्ने फोनहरू उत्पादन गरिसकेको छ ।

प्राविधिक विशेषज्ञहरुका अनुसार यो चार्जरले स्मार्टफोन बजारमा ठूलो हलचल मच्चाउने निश्चित छ ।

पछिल्लो अध्यावधिक: साउन २६, २०८१ १३:३६