close

एन्ड्रोइडमा ‘अडिओ सर्च’ सुविधा, मोबाइल वरपरका वातावरणीय आवाज समेत पहिचान गर्ने

टेकपाना टेकपाना

साउन २९, २०८१ १४:१८

एन्ड्रोइडमा ‘अडिओ सर्च’ सुविधा, मोबाइल वरपरका वातावरणीय आवाज समेत पहिचान गर्ने

काठमाडौं । गुगलको सर्कल टू सर्च (Circle to Search) फिचर सामसङ ग्यालेक्सी एस २४ र गुगल पिक्सेल ८ सिरिजमा उपलब्ध छ । यस फिचरबाट स्क्रिनको कुनै भागमा गोलो बनाउँदा उस्तै आकारको वस्तु तथा नतिजा इन्टरनेटमा खोज्न सकिन्छ ।

गुगलले अब सोही प्रकारको फिचर अडिओमा पनि ल्याउने भएको छ । एन्ड्रोइड अथोरिटीका अनुसार गुगल अहिले सर्कल टू सर्चभित्र अडिओ सर्च गर्न मिल्ने फिचरमा काम गरिरहेको छ । 

यो फिचरले फोनमा बजिरहेका गीतलाई मात्र नभइ वरिपरिका आवाजहरूलाई समेत चिन्ने क्षमता राख्ने बताइएको छ । अहिले गुगल एपको बेटा भर्सन १५.३२.३६ मा यो सुविधा उपलब्ध छ । 

यो फिचर प्रयोग गर्न सर्कल टू सर्च एक्टिभेट गर्नुपर्छ । यसपछि गुगल सर्च बारको दायाँ भागमा देखिने सङ्गीतको चिन्हमा ट्याप गर्नुपर्छ । त्यसपछि मोबाइल वा मोबाइल वरपर बजिरहेको सङ्गीत पहिचान हुन थाल्नेछ ।

गुगलले आज सार्वजनिक गर्न लागको पिक्सेल नाइन सिरिजका फोनमा यो फिचर उपलब्ध हुने अनुमान गरिएको छ । यद्यपि यस विषयमा गुगलले आधिकारिक रूपमा केही बताएको छैन ।

पछिल्लो अध्यावधिक: साउन २९, २०८१ १४:३३