close

एकै पटक ५ हजार रुपैयाँ बढीले घट्यो सीएमएफ फोनको मूल्य

टेकपाना टेकपाना

साउन ३१, २०८१ १८:२२

एकै पटक ५ हजार रुपैयाँ बढीले घट्यो सीएमएफ फोनको मूल्य

काठमाडौं । नथिङको सहायक ब्रान्ड सीएमएफले आफ्नो स्मार्टफोन ‘सीएमएफ फोन वन’ को मूल्य घटाएको छ । कम्पनीले आजदेखि लागू हुने गरी फोनका दुवै स्टोरेज भेरियन्टको मूल्य घटाएको हो ।

अब ८ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य ३१ हजार ६९९ रुपैयाँमा खरिद गर्न सकिन्छ, जुन अघिल्लो मूल्यभन्दा पाँच हजार ३०० रुपैयाँ कम हो ।

त्यस्तै, ८ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य पाँच हजार २०० रुपैयाँ घटेको छ, जसलाई अब ३८ हजार ७९९ रुपैयाँमा खरिद गर्न सकिन्छ ।

सीएमएफ फोन वनमा ६.६७ इन्चको सुपर एमोलेड डिस्प्ले छ, जसले १२० हर्जको रिफ्रेश रेट सपोर्ट गर्दछ । यसमा ५० मेगापिक्सेलको सोनी सेन्सरयुक्त क्यामेरा रहेको छ ।

मिडियाटेक डाइमेन्सिटी ७३०० फाइभजी चिपसेटले फोनलाई पर्याप्त पावर दिन्छ, जसले गर्दा यो दिनभरि टिकाउन सक्षम छ । नथिङ ओएस २.६ मा आधारित यो फोनले प्रयोगकर्तालाई  युनिक अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: साउन ३१, २०८१ १८:३५