काठमाडौं । नेपाल टेलिकमले हुम्लाको सदरमुकाम सिमकोटमा एनटी फाइबर सेवा उपलब्ध गराएको छ । शुक्रवार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भर्चुअल रूपमा हुम्लामा यो सेवा उद्घाटन गरेसँगै नेपालका ७७ ओटै जिल्लामा एनटी फाइबर सेवा विस्तार भएको छ ।
सो अवसरमा मन्त्री गुरुङले डिजिटल नेपाल बनाउने अभियानमा सरकार लागेको र नेपालका सबै स्थानीय निकायका कार्यालयसम्म दूरसञ्चार सेवा पु¥याउने कार्यका लागि नेपाल टेलिकमले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
सञ्चार मन्त्रालयकी सचिव एवं नेपाल टेलिकम सञ्चालक समितिकी राधिका अर्यालले टेलिकम र सरकारका लागि यो महत्वपूर्ण दिन भएको बताउँदै आगामी दिनमा समेत सेवालाई अझै प्रभावकारी बनाउन सबैको सहयोगको अपेक्षा राखिन्
टेलिकमकी निमित्त प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले हुम्लामा अब फाइबरबाट इन्टरनेट सेवा उपलब्ध हुने र सेवामा स्तरोन्नति हुने बताइन् ।
एनटी फाइबर सेवामार्फत उच्च गुणस्तरीय इन्टरनेट, टेलिफोन र टेलिभिजन सुविधा उपलब्ध हुने कम्पनीको भनाइ छ ।