काठमाडौं । यदि तपाईं नियमित तवरले कुनै पनि एप्लिकेसन चलाउनुहुन्छ भने शर्टकट की थाहा पाउन निकै जरुरी छ । यस्ता कीहरूले तपाईंको प्रोडक्टिभिटी बढाउन भूमिका खेल्छन् । यिनीहरू एप्लिकेसन अनुसार फरक-फरक हुन्छन् ।
यस्तैमा गुगल ड्राइभका किबोर्ट शर्टकटहरू हालै परिवर्तन भएका छन् । गुगलले गुगल ड्राइभको वेब भर्सनका लागि किबोर्ड शर्टकटहरू अपडेट गरेको हो । यसबाट गुगल ड्राइभ प्रयोग गर्न सजिलो हुने बताइएको छ ।
यी नयाँ शर्टकट की विन्डोज/क्रोम ओएस तथा म्याक ओएस दुवैका लागि हुन् । तर, यिनले कतिपय ल्याङ्ग्वेजमा सपोर्ट नगर्न सक्ने गुगलले बताएको छ ।
उदाहरणका रूपमा पहिले सेलेक्ट गरेका आइटमलाई अनसेलेक्ट गर्न 'shift + n' क्लिक गर्नुपर्थ्यो भने अहिले ‘Esc’ क्लिक गरे पुग्छ । त्यस्तै सेलेक्ट गरेको आइटम पहिले शेयर गर्न ‘डट’ (.) क्लिक गर्नु पर्थ्यो भने अब ‘ctrl + alt + a’ थिच्नुपर्छ ।
त्यस्तै पहिले कुनै पनि आइटमको विवरण हेर्नु पर्दा पहिले 'd' क्लिक गर्नु पर्थ्यो भने अहिले ‘alt + v’ एकैसाथ, अनि त्यसपछि ‘d’ (alt + v then d) क्लिक गर्नुपर्छ ।
पहिले फाइलको पुन: नाम राख्नु परे 'n' थिच्नु पर्थ्यो । अब भने 'F2' अथवा ‘ctrl + alt + n’ थिचे हुन्छ ।
यी परिवर्तनबारे तपाईंले गुगल ड्राइभ खोल्नासाथ सबैभन्दा माथिल्लो भागमा सूचना देख्न सक्नुहुन्छ । त्यहाँ क्लिक गरेर पनि तपाईंले परिवर्तन भएका शर्टकर्ट की हेर्न सक्नुहुन्छ । त्यस्तै कुनै पनि विकल्पको छेवैमा शर्टकर्ट कीबारे पनि जानकारी दिइएको हुन्छ ।
गुगलले अपडेट गरेका सबै शर्टकर्ट कीहरूको पहिलेको विकल्प र अहिलेको विकल्प यहाँ प्रस्तुत गरिएको छ: