close

एक्समा अपलोड भएका भिडिओ डाउनलोड गर्न जान्नुभएन ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

भदौ १५, २०८१ १६:९

एक्समा अपलोड भएका भिडिओ डाउनलोड गर्न जान्नुभएन ? यसो गर्नुहोस्

काठमाडौं । सामाजिक सञ्जाल एक्समा अपलोड गरिएका भिडिओहरू सोझै डाउनलोड गर्न सकिँदैन । एप र वेबसाइट दुवैबाट नसकिने भएकाले तपाईंले वैकल्पिक विधि प्रयोग गर्नुपर्ने हुन्छ । आज हामी तपाईंलाई एक्समा अपलोड भएका भिडिओहरू डाउनलोड गर्ने तरिकाबारे जानकारी दिने छौं:


आईफोन 

आईफोनमा कुनै पनि थर्ड पार्टी एप डाउनलोड नगरी एक्समा भएका भिडिओ डाउनलोड गर्न सक्नुहुन्छ । यसका लागि निम्न प्रक्रिया अपनाउनुहोस्:

-एक्समा डाउनलोड गर्ने भिडिओमा जानुहोस् ।

-शेयर बटनमा क्लिक गरेर लिङ्क कपि गर्नुहोस् । 

-अब सफारी ब्राउजर खोल्नुहोस् । अनि अघि कपि गरेको लिङ्क पेस्ट गर्नुहोस् । 

-लिङ्क खुलेपछि तीन ओटा डट (...)अप्सनमा ट्याप गर्नुहोस् । अब आउने विभिन्न विकल्पमध्ये 'सेभ द फाइल्स'मा जानुहोस् । 

-त्यसमा ट्याप गरेपछि फाइलको नाम राख्ने विकल्प आउँछ ।

-यसपछि स्क्रिनको माथिल्लो दायाँ भागमा भएको 'सेभ'मा ट्याप गर्नुहोस् । 

यसपछि उक्त भिडिओ डाउनलोड हुन थाल्छ । जसलाई तपाईंले फाइल एपमार्फत पछि हेर्न सक्नुहुन्छ । 

 

एन्ड्रोइड

एन्ड्रोइडमा सफारी हुँदैन । यसकारण तपाईंले एक्सको भिडिओ डाउनलोड गर्न थर्ड पार्टी एप प्रयोग गर्नुपर्ने हुन्छ । 

-एक्समा डाउनलोड गर्ने भिडिओमा जानुहोस् ।

-शेयर बटनमा क्लिक गरेर लिङ्क कपि गर्नुहोस् । 

-तपाईंले प्ले स्टोरबाट ‘ट्विटेक’ नामक एप भने डाउनलोड गरेको हुनु पर्छ । यदि यसअघि डाउनलोड गर्नु भएको छैन भने यहाँ क्लिक गरी एप डाउनलोड गर्नुहोस् ।

-भिडिओको लिङ्क कपि गरेपछि एप खोल्नुहोस् । त्यसमा तपाईंले भिडि‌ओ डाउनलोड गर्ने विकल्प देख्नुहुन्छ । त्यसमा ट्याप गरेपछि भिडिओ डाउनलोड हुन्छ ।

 

वेब  

वेबमार्फत पनि एक्सको भिडिओ डाउनलोड गर्न सजिलो छ ।

-सबैभन्दा सुरुमा डाउनलोड गर्नुपर्ने भिडिओको लिङ्क कपि गर्नुहोस् ।

-यसपछि यहाँ क्लिक गरी 'Twitter Video Downloader' नामक वेबसाइटमा जानुहोस् ।

-त्यहाँ तपाईंले लिङ्क पेस्ट गर्ने ठाउँ देख्नुहुन्छ । त्यसमा पेस्ट गर्नुहोस् । अब भिडिओको रेजोलुसनमा छान्नुहोस् । र, डाउनलोड बटनमा क्लिक गर्नुहोस् ।

यसरी तपाईंले आईओएस, एन्ड्रोइड तथा वेबबाट सजिलै एक्सको भिडि‌ओ डाउनलोड गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: भदौ १५, २०८१ १६:२७