काठमाडौं । तपाईंले आफ्नो मोबाइल नम्बर प्रयोग गरेर विभिन्न समयमा विभिन्न जिमेल अकाउन्ट बनाउनु भएको होला । कतिपय अकाउन्टमा आफ्नै रिकभरीका लागि पनि नम्बर राख्नु भएको हुन सक्छ । त्यस्ता अकाउन्ट केही समयका लागि ‘डमी अकाउन्ट’का रूपमा खोलिएका हुन्छन्, जसको प्रयोग पछि त्यति हुँदैन ।
त्यसबाहेक कुनै समयमा तपाईंले आफ्नो नम्बर प्रयोग गरेर जिमेल अकाउन्ट बनाएर त्यसलाई प्रयोग नगर्नु भएको हुन सक्छ । आफ्नो नम्बर प्रयोग गरेर हराएको जिमेल फेला पार्ने तरिकाबारे यहाँ चर्चा गरिएको छ:
त्यसपछि त्यहाँ देखिएको बक्समा आफ्नो मोबाइल नम्बर राख्नुहोस् । र, 'नेक्स्ट' बटनमा क्लिक गर्नुहोस् ।
यति गरेपछि आफ्नो पहिलो नाम र थर (दोस्रो नाम) राख्नुहोस् । (दोस्रो नाम ऐच्छिक भए पनि राख्नुपर्ने हुन्छ ।)
अनि 'नेक्स्ट' बटनमा क्लिक गर्नुहोस् ।
यति गरेपछि तपाईंको फोनमा भेरिफिकेसन कोड पठाउने एउटा पेज खुल्छ । त्यहाँ भएको ‘सेन्ड’को बटन क्लिक गर्नुहोस् ।
र, एसएमएसमा आएको गुगल कोड राख्नुहोस् ।
कोड राख्नासाथ त्यसमा भएका तपाईंका अकाउन्टहरू देखा पर्छन् । आवश्यकता अनुसार तपाईंले काम नलाग्ने जिमेल अकाउन्ट डिलिट गर्न सक्नुहुन्छ ।
यदि तपाईंले आफ्नो मोबाइल नम्बर राख्दा ईमेल फेला पार्न सक्नु भएन भने रिकभरी फोन नम्बर वा ईमेल राख्नु भएको छैन भन्ने बुझिन्छ । त्यसैले समयमै आफूले प्रयोग गर्ने जिमेल अकाउन्टमा रिकभरी फोन नम्बर वा ईमेल राख्दा राम्रो हुन्छ ।