close

एससीटीले ल्यायो ‘तिर्की दाउ’ अफर, ७७७ रुपैयाँसम्म क्यासब्याक पाउन सकिने

टेकपाना टेकपाना

भदौ १९, २०८१ १६:०

एससीटीले ल्यायो ‘तिर्की दाउ’ अफर, ७७७ रुपैयाँसम्म क्यासब्याक पाउन सकिने

काठमाडौं । स्मार्टचोइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले ‘तिर्की दाउ’ अफर ल्याएको छ । नेपालीहरूको चाड हरितालिका तीज, बडा दशैं र तिहारलाई लक्षित गरी कम्पनीले यस्तो अफर ल्याएको हो ।

यस अन्तर्गत एससीटी-यूपीआई डेबिट कार्ड प्रयोगकर्ताले नेपाली बजारमा सामान खरिद गर्दा पीओएस मार्फत गरिएको प्रत्येक कारोबारमा ७७७ रुपैयाँसम्म क्यासब्याक पाउन सक्नेछन् ।

हालसम्म एससीटी-यूपीआई डेबिट नलिएका ग्राहकले एससीटीसँग आबद्द बैंक वा वित्तीय संस्थामा गएर कार्ड लिन सक्नेछन् । कार्ड सक्रिय गरिसकेपछि ग्राहकले छ महिनाभन्दा बढी समयदेखि प्रयोग नगरिएको एससीटी-यूपीआई डेबिट कार्ड प्रयोग गरी १११ रुपैयाँ क्यासब्याक पाउनेछन् ।

साथै तीन वा सोभन्दा बढी पटक कारोबार गर्ने ग्राहकले ३३३ रुपैयाँ र सात वा सोभन्दा बढी पटक कारोबार गर्नेहरूले ७७७ रुपैयाँ क्यासब्याक पाउने कम्पनीले जनाएको छ । 

हरेक कारोबारको रकम न्यूनतम ५०० रुपैयाँ हुनुपर्ने बताइएको छ । त्यस्तै एउटै टर्मिनलबाट दिनको एकचोटिको कारोबार मात्र अफरको लागि मान्य हुने कम्पनीले जनाएको छ ।

यसका साथै भारतमा पनि नेपाली रुपैयाँ २५०० वा सोभन्दा धेरैको कारोबार गर्दा नेपाली रुपैयाँ २५० क्यासब्याक पाउन सकिने जनाइएको छ ।

अफरको विस्तृत जानकारी र शर्तहरू एससीटीको आधिकारिक वेबसाइटमा पाउन सकिनेछ । यो अफर १ सेप्टेम्बरदेखि ३१ अक्टोबरसम्म लागु हुनेछ ।

 

 

पछिल्लो अध्यावधिक: कात्तिक २१, २०८१ ११:५५