close

फेसबुकमा प्रधानमन्त्री केपी शर्मा ओलीको फलोइङ शून्य

टेकपाना टेकपाना

भदौ १९, २०८१ १७:२३

फेसबुकमा प्रधानमन्त्री केपी शर्मा ओलीको फलोइङ शून्य

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो फेसबुक पेजबाट सबै अकाउन्टलाई अनफलो गरी फलोइङ सङ्ख्या शून्य बनाएका छन् । प्रधानमन्त्री ओलीले यसअघि एउटा आफ्नै अर्को पेजलाई फलो गरेकोमा सो पेजलाई समेत अनफलो गरी फलोइङ शून्य पारेका हुन् ।  

यसअघि प्रधानमन्त्री ओलीले उक्त पेजबाट आफ्नै अर्को पेज ‘केपी बा’ फलो गरेका थिए । बुधबार उक्त पेजलाई पनि अनफलो गरिएको छ । अहिले उनको फेसबुक पेजमा हेर्ने हो भने फलोअरको सङ्ख्या पाँच लाख ९० हजार र फलोइङ शून्य देखिन्छ । आफूले आफ्नै पेज मात्र फलो गरेको सन्दर्भलाई लिएर विभिन्न टीकाटिप्पणी हुन थालेपछि सो पेजलाई समेत अनफलो गरिएको अनुमान गरिएको छ ।  

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गर्दै राखेको फेसबुक पोस्ट हटाउन लगाइएको आरोप लगाएका छन् । सोही विषयलाई लिएर बालेन समर्थकले मङ्गबार बेलुकादेखि सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीलाई अनफलो गर्ने अभियान चलाएका हुन् । 

धेरैले अनफलो र पेज रिपोर्ट गर्न उनको पेज खोल्ने गरेपछि फेसबुकमा उक्त पेज आज ट्रेन्डिङमा छ । 

सम्बन्धित समाचार
सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीलाई अनफलो गर्ने अभियान कसले चलाइरहेको छ ?

धेरैले रिपोर्ट गरेपछि फेसबुकले हटायो बालेनको पोस्ट

फेसबुक पोस्ट हटेपछि बालेन भन्छन्ः पोस्ट उडाउने होइन, दोषी समाउ सरकार

 

पछिल्लो अध्यावधिक: भदौ १९, २०८१ १७:२४