close

छ सिट क्षमता भएको मोडेल वाई ईभी ल्याउँदै टेस्ला, कहिलेसम्म आउला बजारमा ?

टेकपाना टेकपाना

भदौ १९, २०८१ १९:२१

छ सिट क्षमता भएको मोडेल वाई ईभी ल्याउँदै टेस्ला, कहिलेसम्म आउला बजारमा ?

काठमाडौं । प्रख्यात विद्युतीय कार निर्माता कम्पनीले टेस्लाले छ ओटा सिट भएको ईभी बनाउने भएको छ ।  सन् २०२५ को अन्त्यतिरबाट चीनमा उत्पादन थाल्ने गरी टेस्लाले मोडेल वाईको ६ सिटे भेरियन्ट उत्पादन गर्ने भएको हो । 

सञ्चार संस्था रोयटर्सका अनुसार चिनियाँ बजारमा आफ्नो बेस्ट-सेलिङ, तर पुरानो हुँदै गएको मोडेल वाईको आकर्षण बढाउन टेस्लाले यस्तो कदम चालेको हो । यसले चीनमा उदाइरहेका विभिन्न नयाँ ईभी ब्रान्डहरूसँग प्रतिस्पर्धा गर्न पनि टेस्लालाई सजिलो बनाउने अनुमान गरिएको छ । हाल नियो, जिकर जस्ता टेस्लाका प्रतिस्पर्धी कम्पनीहरूले मोडल वाईलाई धक्का दिने गरी भित्रि भाग धेरै भएका ईभी ल्याइरहेका छन् । 

त्यस्तै मोडेल वाईको उत्पादनलाई दोहोरो अङ्कले वृद्धि गर्न चीनको शाङ्घाईमा रहेको कारखाना पनि विस्तार गर्ने योजना टेस्लाले बनाएको छ । हाल ७० हेक्टरमा कारखाना विस्तार गर्ने अनुमतिको पर्खाइमा टेस्ला रहेको बुझिएको छ । यद्यपि उत्पादनमा दुई गुणा वृद्धि गर्ने भनेर टेस्लाले सार्वजनिक प्रतिक्रिया भने दिइसकेको छैन ।

टेस्लाले यो मोडेल सन् २०२० मा सार्वजनिक गरेको थियो । अहिले यसलाई पुनः डिजाइन गरेर सार्वजनिक गर्ने योजनाका साथ टेस्लाले काम थालेको हो । जसमा छ सिट हुने र सन् २०२५ को सुरुवातमा सार्वजनिक गर्ने भनेर बताइएको थियो । 

उसैगरी अहिले अमेरिकामा सात सिटे मोडेल वाई उपलब्ध छ । तर चीनमा यो भेरियन्ट खासै लोकप्रिय नभएको बताइन्छ ।

पछिल्लो अध्यावधिक: भदौ १९, २०८१ २०:५१