close

अत्यधिक रिपोर्ट आएपछि हटेको बालेनको पोस्ट फेसबुकले गर्‍यो फिर्ता

टेकपाना टेकपाना

भदौ २१, २०८१ १८:२३

अत्यधिक रिपोर्ट आएपछि हटेको बालेनको पोस्ट फेसबुकले गर्‍यो फिर्ता

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को फेसबुक पेजबाट हटेको पोस्ट फिर्ता आएको छ । नेकपा एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्मालाई कारवाही गर्न माग राख्दै बालेनले आइतवार राखेको पोस्ट फेसबुकले सोमवार हटाएको थियो । 

“हामीले रिभ्यु रिक्वेस्ट गरेपछि फेसबुकले माफी मागेर पोस्ट फिर्ता गरेको छ,” बालेनले फिर्ता आएको पोस्टमा स्क्रिनशटसहित कमेन्ट गरेका छन् । 

बालेन सचिवालयका अनुसार अत्यधिक रिपोर्ट आएपछि फेसबुकले उक्त पोस्ट हटाएको थियो । त्यसको भोलिपल्ट बालेनले अर्को पोस्ट राख्दै भने, “पोस्ट उडाउने होइन, दोषी समाऊ सरकार । म गलत हो भने मलाई समाऊ, होइन भने दोषी समाऊ ।” ” 

त्यसपछि बालेन समर्थकहरूले सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अनफलो अभियान चलाएका थिए ।

पछिल्लो अध्यावधिक: भदौ २१, २०८१ १८:४२