close

अबको तीन वर्षमा एलन मस्कको सम्पत्ति करिब १३४१ खर्ब पुग्ने !

टेकपाना टेकपाना

भदौ २७, २०८१ १२:५

अबको तीन वर्षमा एलन मस्कको सम्पत्ति करिब १३४१ खर्ब पुग्ने !

काठमाडौं । सन् २०२७ भित्र एलन मस्कको सम्पत्ति १० खर्ब डलर अर्थात् १३४० खर्ब ७० अर्ब रुपैयाँ बढी पुग्ने प्रक्षेपण गरिएको छ । सम्पत्ति ट्रयाक गर्ने इन्फर्मा कनेक्ट एकेडेमीले सार्वजनिक गरेको रिपोर्ट ले प्रविधि क्षेत्रका उद्यमी मस्क अबको तीन वर्षभित्र विश्वकै पहिलो ट्रिलिनियर बन्ने विश्लेषण गरेको हो ।

उक्त रिपोर्टमा ​मस्कको सम्पत्ति वार्षिक ११० प्रतिशतका दरले बढ्ने विश्लेषण गरिएको छ । ब्लुमबर्ग बिलिनियर इन्डेक्सका अनुसार हाल मस्कको सम्पत्ति दुई खर्ब ५१ अर्ब डलर रहेको छ । 

मस्कपछि १० खर्ब डलर बराबरको सम्पत्ति भारतीय उद्यमी गौतम अडानीको हुनेछ । सन् २०२८ भित्र उनी विश्वको दोस्रो ट्रिलिनियर बन्ने विश्लेषण गरिएको छ । अहिले उनको सम्पत्ति वार्षिक रूपमा १२३ प्रतिशतले बढिरहेको छ ।

अडानीपछि २०२८ मै चिप निर्माता कम्पनी एनभिदियाका संस्थापक तथा सीईओ जेनसेन ह्वाङको सम्पत्ति १० खर्ब डलर बढी पुग्ने प्रक्षेपण गरिएको छ । त्यस्तै सन् २०३० भित्र मेटाका सीईओ मार्क जुकरबर्गसँग १० खर्ब डलर सम्पत्ति हुने विश्लेषण गरिएको छ ।

पछिल्लो अध्यावधिक: भदौ २७, २०८१ १२:२०